सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यू, ३३७ जना घाईते

 

काठमाण्डौ २३ भदौ/ सोमबार काठमाडौं र इटहरिमा अराजक र हिंसात्मक बनेको प्रदर्शनमा घाईते भई उपचाररत मध्य काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना गरी १९ जनाको दुखद मृत्यु भएको छ भने प्रदर्शनमा ३३७  जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

कुन अस्पतालमा कति जनाको उपचार भईरहेको छ ?

  • एभरेस्ट अस्पतालमा १०२ जनाको
  • निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जनाको
  • ट्रमा सेन्टरमा ५९ जनाको
  • त्रिवि शिक्षण अस्पतालमा १८ जनाको
  • काठमाडौं मेडिकल कलेजमा ३७ जनाको
  • पाटन अस्पतालमा ४ जनाको
  • नर्भिक अस्पतालमा ३ जनाको
  • झापाको दमक अस्पतालमा ७ जनाको
  • विराटनगरको विराट मेडिकल कलेजमा ४ जनाको
  • पोखराको गण्डकी मेडिकल कलेजमा १ जनाको
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ ।

घटनापछी गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुभएको सार्वजनिक भएको छ  ।  घटनको सत्य तथ्य बुझी आगामी दिनमा समेत त्यस्ता घटना हुन नदिन सोमबार सांझ नै बसेको मन्त्री परिषदको बैठकले एक उच्च स्तरिय छानबीन समिति गठन गर्नुका साथै आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरुलाई मन्त्री परिषद बै्रबैठक लगत्तै जानकारी दिनुभएको छ ।