पोखरीमा डुबेर रुपन्देहीमा ४ जना बालिकाको मृत्यु

 

७ जेठ,बुटवल/ रुपन्देहीमा पोखरीमा डुबेर ४ जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले बताउनु भएको छ ।
ज्ञवालीका अनुसार लुम्बिनी–सांस्कृतिक नगरपालिका वडा नम्वर १ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय १४ वर्षीया साहदिया खातुन, १० वर्षीया साहिमा खातुन, १० वर्ष कै ममिना खातुन र ९ वर्षकी अदिवा खातुनको मृत्यु भएको हो।
आइतबार बिहान नुहाउन गएका उनीहरू मध्यान्ह १२ बजे मृत अवस्थामा फेला परेको खबर आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।