कोहलपुर इप्रकामा घटना: हिरासतमा हत्या र लागुऔषध कारोवारीमा संलग्न प्रहरीले उन्मुक्ति पाउलान !

 

लागु औषध कारोवारी घटनामा पक्राऊ परेका नईम खाँ र निजको साथबाट बरामद भएको लागु औषध ।

 

 

# अर्षद शेख #

नेपालगञ्ज २६ असोज/ नेपालमा जेन्जी आन्दोलनको ठीक अगाडिको समयमा बाँकेको कोहलपुर स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नेतृत्वले लागू औषध र कर्तव्य ज्यान मुद्दा जस्ता गम्भीर विषयमा समेत भ्रष्टाचार गरेको सार्वजनिक भएको छ।

घटना विवरण अनुसार गत भदौ २० गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर क्षेत्रबाट प्रहरीहरूले ४१ वर्षीय नइम खाँलाई लागु औषध सहित नियन्त्रणमा लिएको थियो ।

घटना बिवरण अनुसार यहि गएको भदौ २० गते साँझ ५:४० बजे भे १० प ३५३५ नम्बरको कालो पल्सर १५० सीसी मोटरसाइकल चलाइरहेका नइम खाँलाई गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा निज नइमको साथबाट ३३ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन र १ थान मोबाइल फोन बरामद भएको थियो।

लागुऔषध कारोवारी घटनामा पक्राऊ परेका नईम खाँ र निजले प्रयोग गरेको मोटर साइकल ।

इलाका प्रहरी कार्यालय #कोहलपुरका तत्कालीन प्रमुख #डीएसपी लक्ष्मी खनाल र मुद्दा शाखाका  प्रमुख अनुसन्धान अधिकृत रेशमलाल पौडेल र अन्य केही प्रहरी कर्मचारीको मिलेमतोमा मोटो रकम लिई भ्रष्ट आचरण गरेर नइम खाँलाई रिहा गरिएको पोख्ता स्रोतले जानकारी दिएको छ।

त्यसै गरी लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा यस अघि पनि पक्राउ परेका कालीकोट घर भएका नविन शाहीलाई समेत २२ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको थियो।

निजबाट पनि अनुसन्धान अधिकृत रेशमलाल पौडेल समेतको मिलेमतोमा पौडेललाई हाजिरी जमानीमा छोडिएको स्रोतको दाबी रहेको छ।

अरु त अरु ! लागु औषध जस्तो संगिन सामाजिक अपराधमा समेत घुस खाएर भ्रष्ट आचरण गर्ने इप्रका कोहलपुर मुद्दा फाँट इन्चार्ज रेशमलाल पौडेल माथिल्ला दर्जाका बिभिन्न प्रहरी अधिकारीसँग हिमचिमले निजको मनोवल उच्च रहेको स्रोतको दाबी रहेको छ ।

#हिरासतमा हत्या !

त्यसैगरी निज मुद्दा फाँटका इन्चार्जले पैसाकै लोभ लालचमा भदौ २१ गते बाजुरा स्थायी घर भई कोहलपुर मा अस्थायी रूपमा बस्दै आएका बिरेन्द्र सिंहलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागी पक्राऊ गरेको थियो।

निज सिंहलाई शुक्रबार राती पक्राउ गरेकोमा आईतबार सरकारी वकीलको कार्यालयमा म्याद थप गर्न नलगी एकै पटक सोमबार अस्पतालमा लगेकोमा अस्पताल ले मृत्यु घोषणा गरेको थियो ।

निज सिहलाई पक्राऊ पुर्जी बिना हिरासतमा लिएर कुटपिट बाट मृत्यु भएपछि निजका आफन्त र स्थानियले बिरोध जनाएका थिए ।

ततकालीन इप्रका कोइलपुरको नेतृत्व सम्मालेकी डिएसपी लक्ष्मी खनाल र मुद्दा फाँटका करप्टेड आरोपित प्रहरी निरीक्षक रेशमलाल पौडेल ले मान्छे मारेर घटना थामथुम पार्न बिरोध गर्ने आफन्तलाई आर्थिक लोभमा थामथुम पारेको स्रोतको दाबी गरेका छन् ।

गैरकानुनी . रूपमा हिरासतमा लिएर गरिएको हत्या कर्तव्य ज्यान मुद्दा भएकाले निजहरुलाई ततकाल हिरासतमा लिएर अनुसन्धान तथा कार्वाही गर्नुपर्नेमा लुम्बिनी प्रदेश कार्यालयले पनि छानवीन समिति बनाएपनि घटना अनुसन्धानमा तदारूपता नदेखाएकाले नेपाल प्रहरी संगठनमाथि थप प्रश्न उठेका छन्।

हत्या घटनामा सिंहलाई हिरासतभित्रै कुटपिट गरी हत्या गरिएको पीडित पक्षको आरोप छ।

सिंहको मृत्युको CCTV फुटेज अहिलेसम्म सार्वजनिक गरिएको छैन भने यस अघि पनि १ जना वालयौन दुराचार बन्दीको शंकास्पद रुपमा टवाईलेटमा झुण्डिएको देखाएपनि पछी हितसतमा रहेका लागु औषध का थुनुवाबाट कुटपिट गर्न लगाएर हत्या गरिएको गाईगुई हल्ला बाहिरिएको थियो ।