
काठमाडौं २७ भदौ/ जेनेरसन जेड (जेन–जी) अर्थात १५ देखि ३० बर्ष उमेर समूहका युवाहरुको माग भन्दै भ्रष्टाचार र सुशासनको नारा दिएर दर्जनौको ज्यान जाने गरि भएको हिंसात्मक आन्दोलनको जगमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ।
नेपालको एतिहासिक रुपमा पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको अर्थात प्रधानमन्त्रीमा नियुक्त भएर अर्को इतिहास बनाउनुभएको छ।
जेनेरसन जेडको (जेन–जी) र्हिसात्मक आन्दोलनको जंगमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु लगतै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार सांझ नै राष्ट्रपति रामचन्द्र पौडेलले बर्तमान प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गते आम निर्वाचनगर्न मिति तोक्नुभएको छ ।
गत सोमबार सुरु भएको (जेन–जी) अर्थात जेनेरसन जेडको आन्दोलनको दवाबले तत्कालीन संसदमा दुई तिहाई बहुमतमा प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले मंगलबार बाध्यात्मक राजीनामा दिनुभएको थियो । त्यसपछी प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने थप माग अघि सारेर जेन–जीका प्रतिनिधि र सरोकारवाला पक्षबीच भएको छलफलबाट कार्कीलाई प्रधानमन्त्री बनाउने सहमती जुटेको थियो ।



हाम्रो संरचना । २८ भाद्र २०८२, शनिबार ०८:०४