४ भदौ नेपालगञ्ज/ बाँके-बर्दिया सिमा क्षेत्र केन्द्रविन्दु भएर शुक्रबार राती १:२८ बजे ४.८ म्याग्नेच्यूटको भुकम्प गएको छ।
राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाण्डौको आधिकारिक बेवसाइटमा उल्लेख् गरिएको सूचना अनुसार बाँके जिल्ला केन्द्रबिन्दु भएर४.८ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।
केन्द्रको वेबसाइटमा संकलित तथ्याङक अनुसार शुक्रबार राती स्थानिय समय अनुसार राती १ बजेर २८ मिनेटमा बाँके इपिसेन्टर भएर ४.८ म्याग्नेच्यूटको भुकम्प कम्पन गएको उल्लेख गरिएको छ ।
स्थानिय बासिन्दाहरू राती मस्त सुतिरहेको समयमा एक्कासी गएको भुकम्पको धक्काले निद्राबाट बिउझिएकाहरुमा केही समय मनोत्रास महसुस गर्न पुगेका छन् ।
भुकम्पको धक्का मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया कैलाली, दाङ सुर्खेत, दैलेख लगायतका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको त्यहाँ बसोवास गरिरहनु भएका ब्यक्तीहरले आ-आफनो फेसबुकमा सूचना उल्लेख गरी जानकारी गराउनु भएको छ । घटना राती भएकाले क्षतीको विवरण प्राप्त भएको छैन ।
हाम्रो संरचना । ४ भाद्र २०७९, शनिबार ०३:०२