प्रतिनिधिसभाको सभामुखमा ५ दलबाट एमालेका देवराजको मनोनयन दर्ता

नेपालगञ्ज ४ माघ / नेपालको प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराउनुभएको छ ।  उहांको प्रस्तावकमा एमाले सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ ।

झापा निर्बाचन क्षेनम्बर २ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्नुभएका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनुभएको थियो । उहां नेकपा एमालेको स्थायी कमिटी सदस्य पनि हुनुहुन्छ ।

सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका सार्वजनिक गरेको थियो ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने निर्णय गरेको छ ।