- ज्ञानु पँगेनी,
- २८ साउन,नवलपरासी/
लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग नै ठप्प हुने अवस्था आएको छ ।
गएराती साढे १० बजेको समयमा पहिरो गएपछि १७ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । केहिवेर अगि दाउन्नेको एस मोड क्षेत्रमा सडक भासिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिए ।
७ मिटर जति सडक भासिएको उनले बताए । राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको उनले बताएका छन् । यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत उनले आग्रह गरेका छन ।
हाम्रो संरचना । २८ श्रावण २०७४, शनिबार १४:१४