चिनियाँ राष्ट्रपति सी जिनपिङ सहित ९० जनाको प्रतिनिधि मण्डल नेपालको राजकीय भ्रमणमा: नेपाली आवश्यकता बमोजिम बिभिन्न १७ बुदे समझदारी हुने आसा

२५ असोज, काठमाण्डौं/ चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको २ दिने राजकीय भ्रमणका लागि आज शनिबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ताका लागि शुक्रबार चेन्नेईको महावलीपुरम पुग्नुभएका राष्ट्रपति सी जिनपिङ भारतको चेन्नेईको महावलीपुरमबाट शनिबार अपरान्ह सीधै नेपालको राजधानी काठमाडौं आउने कार्यक्रम रहेको छ ।

नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ ।  ९० जना प्रतिनिधिमण्डल सहित शनिबार अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका राष्ट्रपति सी जिङपिङ अवतरण गर्नुहुनेछ ।

राष्ट्रपतिसँग सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टी(सिपिसी)का दुई पोलिटब्युरो सदस्य,विदेशमन्त्री वाङ यी तथा सिपिसी तिब्बतका सेक्रेटरी सहितका उच्च अधिकारी प्रतिनिधिमण्डलमा सहभागी रहनुभएको छ।

चिनियाँ सी जिनपिङलाई नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ ।
२३ वर्षअघि चिनियाँ ततकालिन राष्ट्रपति जियाङ जमिन नेपाल भ्रमणमा आउँदा पनि तत्कालीन राजा वीरेन्द्र,प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

चीनबाट सीसँग को–को आउँदै छन्  ?

चीनबाट राष्ट्रपति सीसँग विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी०का पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर याङ जेइची, सिपिसीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनस्टर इन्चार्ज हे लिफेङलगायत उच्च अधिकारी हुनेछन् ।

विमानस्थलमै गार्ड अफ अनर

राष्ट्रपति सीलाई नेपाली सेनाले विमानस्थलमै गार्ड अफ अनर दिने कार्यक्रम छ । उहाको सम्मानमा २१ तोपको सलामी पनि दिइनेछ । यसअघि विदेशी राष्ट्रप्रमुखरसरकारप्रमुखको भ्रमणका वेला सेनाले टुँडिखेलमा गार्ड अफ अनर दिने गथ्र्यो । तर, सुरक्षाका कारण सीलाई विमानस्थलमै गार्ड अफ अनर दिन लागिएको हो ।

भेटवार्ता कार्यतालिका

राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट सुरुमा होटेल सोल्टी जानेछन् । सोल्टीबाट अपराह्न ६:३० मा नेपाली समकक्षी भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास जानुहुनेछ  । राष्ट्रपतिसँगको भेटवार्तापछि होटेल सोल्टी फर्किने सीले शनिबार अपराह्न नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ ।

परराष्ट्र स्रोतका अनुसार देउवाले १५ मिनेट भेटवार्ता गरेपछि राष्ट्रपति सी रात्रिभोजमा सहभागी हुनुहुनेछ । रात्रिभोजमा राष्ट्रपतिद्वय भण्डारी र सीले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डल स्तरीय वार्ता आइतबार

नेपाल र चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता आइतबार बिहानका लागि तय भएको छ । वार्ताअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व नेपाली पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनुहुनेछ ।  नेपालबाट उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीसहित वरिष्ठतम मन्त्री एवं विभिन्न मन्त्रालयका सचिव र उच्च अधिकारी सामेल हुनेछन् ।

चीनबाट राष्ट्रपतिसँगै विदेशमन्त्री वाङ यी, सिपिसीका पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं विदेश मामिला आयोगका डाइरेक्टर याङ जेइची, सिपिसीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनस्टर इन्चार्ज हे लिफेङसहितका उच्च अधिकारी औपचारिक वार्तामा सहभागी हुनेछन् । यीमध्ये तिब्बत पार्टी सचिव यु बिहीबार नै काठमाडौं आएका छन् । उनले नेपाल–तिब्बत कनेक्टिभिटीसँग सम्बन्धित विषयमा नेपाली अधिकारीहरूसँग छलफल गरिरहेका छन् ।

आइतबार औपचारिक वार्तापछि डेढ दर्जन सम्झौतारसमझदारीपत्र आदान–प्रदान हुने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले समझदारीपत्र टुंग्याएको हो । स्रोतका अनुसार रेल सहित १७ समझदारी हुनेछन् । आइतबार नै नेपाल र चीनबीच संयुक्त वक्तव्य जारी हुनेछ । बिहीबार र शुक्रबार काठमाडौं आएका चीनका विभिन्न मन्त्रालयका उच्चपदस्थ कर्मचारी र नेपाली समकक्षीहरूबीच समझदारीपत्रमा छलफल भएको छ । शुक्रबार साँझसम्म भाषाबाहेक सबै टुंगिएको नेपाली कूटनीतिक अधिकारीले जानकारी दिए । आइतबार दिउँसो १ बजे सी स्वदेश फर्किने कार्यक्रम छ ।

के–के समझदारी हुँदै छन् ?

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटी टुंगिएको छ । चीनले दिने अनुदानको प्रतिशत शीर्ष वार्तामा टुंगिएपछि समझदारीपत्र आदान–प्रदान हुनेछ । यसैगरी, केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति र टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्र आदान–प्रदान हुनेछ ।

काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तार तथा तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र पनि आदान–प्रदान हुनेछ । चीनले मदन भण्डारी प्राविधिक विश्वविद्याय बनाइदिने सहमति भइसकेको छ ।

यो विषय संयुक्त वक्तव्यमा मात्रै राख्ने कि समझदारीपत्र आदान–प्रदान गर्ने भन्ने विषय शुक्रबार अबेरसम्म टुंगिएको छैन । चीनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बनाइदिनेछ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा यससम्बन्धी छलफल भएको थियो । कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । गल्छी–केरुङ जलविद्युत प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीको तयारी छ ।

नेपाल–चीन सम्बन्धका ७२ वर्ष

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुन्जमान सिंह र चीनका तर्फबाट राजदूत युयान जोङसियाङले हस्ताक्षर गरेका थिए । त्यसको एक वर्षपछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुँदै आएका छन् ।

चीनका तत्कालीन राष्ट्रपति ली सियान्नियानले ०४० चैत ६ देखि १० सम्म नेपाल भ्रमण गरेका थिए । त्यसको १३ वर्षपछि राष्ट्रपति जियाङ जमिनले ०५३ मंसिर १९ र २० मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले १० वर्षे कार्यकालमा नेपाल भ्रमण गरेनन् । त्यसैले चीनबाट नेपालमा राष्ट्रप्रमुखस्तरको भ्रमण २३ वर्षपछि हुन लागेको छ । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुन् ।

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

नेपालबाट चीन

प्रधानमन्त्री टंकप्रसाद आचार्य, १९५६ सेप्टेम्बर
प्रधानमन्त्री बिपी कोइराला, १९५६ मार्च
राजा महेन्द्र, १९६० सेप्टेम्बर
राजा वीरेन्द्र १९७३, १९७६, १९७८, १९७९, १९८२, १९८७, १९९६, २००१ ९आठपटक०
प्रधानमन्त्री मरिचमान सिंह १९८९ नोभेम्बर
प्रधानमन्त्री कीर्तिनिधि विष्ट, १९७२ नोभेम्बर, १९७८ सेप्टेम्बर
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, १९९२ मार्च
प्रधानमन्त्री मनमोहन अधिकारी, १९९५ अप्रिल
प्रधानमन्त्री शेरबहादुर देउवा १९९६ अप्रिल
युवराज पारस, २००४ अगस्ट
राजा ज्ञानेन्द्र, २००५
राष्ट्रपति डा। रामवरण यादव, सन् २०१० र सन् २०१५
राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०१९
प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१६ र २०१८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन् २००९ र २०१७
प्रधानमन्त्री माधव नेपाल, सन् २०१०
प्रधानमन्त्री सुशील कोइराला सन् २०१४
चीनबाट नेपाल

प्रधानमन्त्री चाउ एन लाई, १९५७ जनवरी २५ देखि २९ र १९६० अप्रिल २६ देखि २९
राष्ट्रपति ली सियान्नियान, १९८४ मार्च १९ देखि २३
राष्ट्रपति जियाङ जमिन, १९९६ डिसेम्बर ४ र ५
प्रधानमन्त्री ली पिंग, १९८९ नोभेम्बर १९ देखि २१
प्रधानमन्त्री झु रोंग्झी, २००१ मार्च १४ देखि १६
प्रधानमन्त्री वेन जियावाओ २०१२ जनवरी १४

विश्वमा चीन

सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन ३० अर्ब अमेरिकी डलर थियो । सन् २०१८ मा १३६ खर्ब १० अर्ब डलर पुगेको छ । ७७ करोड चिनियाँ गरिबीको रेखाबाट बाहिर निस्किएका छन् । सहरी क्षेत्रमा बसोवास गर्ने मानिसको संख्या १०।६ प्रतिशतबाट ५९,६ प्रतिशत पुगेको छ । सन् २०१८ सम्म चीनमा एक लाख ३२ हजार किलोमिटर रेलमार्गमा रेल गुडिरहेको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुन सफल भएको छ । विश्व व्यापारमा पहिलो, विदेशी मुद्रा सञ्चिति सबैभन्दा धेरै भएको मुलुक चीन बनेको छ । सात दशकयता चीनले विश्वशान्ति, विकास र अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका निर्वाह गरेको छ ।

७० वर्षअघि जम्मा १८ देशसँग कूटनीतिक सम्बन्ध रहेको चीनले अहिले १८० देशसँग कूटनीतिक सम्बन्ध विकास गरेको छ । एक सय १० देशसँग उसको साझेदारी विस्तार भएको छ । विश्व शान्तिसेनामा पठाउने राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यराष्ट्रको सूचीमा चीन अग्रपंक्तिमा छ । स्वतन्त्र व्यापार सिद्धान्तमा चीनले प्रतिबद्धता जनाएको छ । सबैभन्दा ठूलो विकासशील देशका रूपमा चीनले एक सय ६० देशलाई चार अर्ब चिनियाँ युआन सहयोग गरेको छ । यी देशका करिब पाँच हजारभन्दा बढी परियोजनामा चीनले ७० वर्षयता ६ लाखभन्दा बढी कामदार विदेशमा खटाएको छ ।

चीन ४० भन्दा बढी अल्पविकसित मुलुकको सबैभन्दा ठूलो लगानीकर्ताका रूपमा स्थापित भएको छ । सन् २०१३ मा चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बिआरआई० सुरु गरेयता एक सय ६० देश तथा अन्तर्राष्ट्रिय निकायसँग बिआरआईअन्तर्गत साझेदारी गरेको छ । चीन र अन्य देशका कम्पनीबीच ६४ अर्ब डलरबराबरका परियोजनामा सम्झौता भएका छन् । समाचार एजेन्सीहरुको समेत सहयोगमा ।