२७ मंसिर, नेपालगञ्ज/ नेकपा एमाले नेता तथा शंकर पोखरेल केन्द्र र प्रदेश सरकार गठनपछि मात्र पार्टी एकता हुने बताउनु भएको छ ।।
एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने भन्दै उनले पहिला जनादेशको सम्मान अनि मात्र पार्टी एकता हुने बताउनु भयो।
दांग मा जन निर्वाचित पछी काठमाण्डों जाने क्रममा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पोखरलले भन्नु भयो ‘छिटो भन्दा छिटो केन्द्रीय सरकारको गठन, प्रदेश सरकारको गठन गर्छौं । अनि मात्र पार्टी एकीकरण हुन्छ ।’
पोखरेलले एक महिना भित्र केन्द्रीय सरकार निर्माण हुने र केन्द्रीय सरकार गठन पछि नै प्रदेश सरकारका लागि पहल हुने बताउनु भयो । उवांले भन्नु भचयो, बर्तमान सरकारले निर्वाचन पहिला नै प्रदेश सरकारको लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएपनि सो नगरेको कारण केही समय अलमल हुनसक्छ ।’
जनताबाट अस्वीकृत भएको बर्तमान सरकारलाई दिर्घकालिन असर पर्ने खालका राजनीतिक नियुक्ति गर्ने नैतिक अधिकार नभएको र ‘ताजा जनादेशलाई उपेक्षा नगर्न समेत चेतावनी दिन चाहन्छु र सरकारले तत्काल नरोके नयाँ जनादेशका साथ निर्वाचित भएर आउने सरकारले सबै खारेज गरेर अघि बढ्ने जानकारी दिनु भयो।
कम्युनिष्टले जितेमा अधिनायकबाद लाद्छ भनेर कुर्लनेहरुलाई जनताले नै बहिस्कार गरेको दाबी गर्दै ‘जनताले कम्युनिष्टहरु नै सच्चा लोकतन्त्रवादी हुन भनेर सन्देस दिदै जनादेश दिएकोले अनावश्यक हल्ला गर्नेहरु किनारा लागेका छन् । पोखरेल बताउनु भयो ।
पोखरेल एमाले भित्रका र्बादिक एवम कुशल संगठकका रुपमा चिनिनु हुन्छ ।
हाम्रो संरचना । २८ मंसिर २०७४, बिहीबार ०८:०१