नेपालको प्राविधिक तथा ब्यवसायिक शिक्षा र तालिमका क्षेत्रमा ब्यापक सुधारका लागी नेपालगञ्जमा सुझाव संकलन

९ पुस, नेपालगञ्ज/  नेपालको राजनितिक परिवर्तन सगै प्राविधिक तथा ब्यवसायिक शिक्षा र तालीमको क्षेत्रमा पनि नितिगत तथा कार्यक्रममा आवश्यक्ता अनुसार सुधारको खांचो रहेको औल्याइएको छ । 

आइतबार नेपालगञ्जमा प्राविधिक तथा ब्यवसायिक शिक्षा र तालीमको क्षेत्रमा नितिगत तथा कार्यक्रमहरुको सुधारका लागी सुझाव संकलन गर्न आयोजित अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय आवश्यक्तता अनुसार राष्ट्रको शिक्षा र तालिमको नितिमा सुधार गदै जानुपर्ने बताएका छन ।

नेपाल सरकार, श्क्षिा मन्त्रालयअन्तरगत निति समन्वय समितिको आयोजना र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा. डिल्लीरमण रेग्मीले देशको संरचनागत परिवर्तन सगै शिक्षा क्षेत्रमा पनि राष्ट्रिय आवश्यक्ता बमोजिम सुधार गदै लैजाने निति बमोजिम नेपालगञ्जमा पनि सम्वन्धीत सरोकारवाला सबै क्षेत्रको सुझाव संकलनका लागी कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

डा. रेग्मीले नेपालको शिक्षा र सिप मुलक ब्यवसायिक तालीममा संघमा नितिगत सुधार गदै प्रदेमा नियमन र अनुगमन गदै स्थानिय निकाय मार्फत कार्यन्वयनमा लैजाने गरी ब्यवस्थापन गर्न लागीएको बताउनु भयो ।

त्यसैगरी शिक्षा मन्त्रालयकै उप सचिव डा. मुकुन्द मणि खनालले नेपाल सरकारले बिभिन्न ३४ वटा सरकारी कार्यालय र दात्रृ निकाय मार्फत करीब ३० अरब लगानी तालिममा लगाइरहेकोमा त्यसको प्रतिफल सोरुप १ लाख १४ हजार जनशक्ती मात्र काममा लागेको जनाउदै राज्यको ठुलो धनराशि तालिममा गएको तर त्यसको प्रतिफल निकै कम रहेकाले तालिमका निति तथा कार्यक्रम सुधारका लागी देश ब्यापी सुझाव संकलन गर्न अन्र्तक्रियात्मक कार्यक्रमहरु ग्रिरहेको जानकारी गारउनु भएको छ ।

त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयका उप-सचिव जीवन राईले नेपालको ब्यवसायिक तालिम तथा शिक्षा नितिले राष्ट्रिय तथा अन्तराष्ट्रि श्रम बजारमा माग अनुरुपको दक्ष जनशक्ती उत्पादन गर्न नसकेर बैदेशिक श्रम शक्ती भित्रीनु परेकाले समय अनुकुलको माग र आवश्यक्ता बमोजिम श्र्रमशक्ती तयार गर्न नेपालीलाई आवश्यक्ता बमोजिमको निति तथा कार्यक्रम हुनुपर्ने बिचार ब्यक्त गर्नुभएको छ ।

त्यसै गरी राष्ट्रिय योजना आयोगका सदस्य फडिन्द्र पौडेलले नेपालको समृद्धि र विकासका लागी मानवशक्तीको र पुजीको विकास एवम बिस्तार जरुरी रहेको बताउनु भयो ।

नेपालको समृद्धि र विकासको लागी बर्तमान अवस्था र भावी सम्भावनाको बिषयमा कार्यपत्र प्रस्तुत गदै पौडेलले दिगो बिकासको लक्ष्य हासिलका लागी नेपालले आवश्यक्ता बमोजिमको दक्ष मानवशक्ती तयार गरेर त्यसमा लगानी गरी ब्यक्तीगत तथा राष्ट्रिय आम्दानीमा बृद्धि गरेर सन २०३० सम्म आल रहेको बार्षिक प्रतिब्यक्ती ८ सय $ बाट ४ हजार $ पुयाउनुपर्ने गरी निति तथा कार्यक्रम बनाउन लागेको जानकारी दिनु भयो ।

त्यसैगरी सो कार्यक्रममा जिल्ला समन्वय समिति बांकेका अध्यक्ष अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालीकाका उपप्रमुख उमा थापा मगर, ब्यवसायिक तालिम तथा शिक्षा परिष्यादका निर्देशक दिपक पौडेल, बिभिन्न ब्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरु, पत्रकारहरु एवन सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति बांकेका अध्यक्ष अजय श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थिया ।