बाँकेमा कोरोना संक्रमित होम आईसोलेसन बस्न सकिने

३१ भदौ, नेपालगञ्ज / बाँके जिल्ला कोरोना संकट व्यवस्थापन समितिक बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको बैठकले बाँकेमा हरेक हप्ताको २ दिन लगाउने गरिएको निषेधाज्ञा हटाउन सिफारिस गरेको छ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको  बैठकले कोरोना भाइरस संक्रमण थप फैलिन नदिन स्वास्थ्य मापदण्डहरु कडाइका साथ पालना गर्न/गराउन मातहत निकाय र सर्वसाधारण सबैलाई अपिल गरेको छ ।

बैठकले बाँकेमा कोरोना संक्रमित ब्यक्तिहरू स्वास्थ्य मापदण्ड अनुसार वर्गिकरण गरी आफ्नै घरमा आईसोलेसन देखि कोरोना अस्पतालमा उपचारको व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्णयहरु पनि गरेको छ ।

आगामी केही दिनमा नेपालीहरूको महान चाड दसैं/तिहार लगायतका चाडपर्वहरुमा समेत लक्षित गरी जिल्लामा प्रदेश र केन्द्र सरकारको सहयोग समेत लिएर थप २५० बेड संख्याको व्यवस्थित आईसोलेसन सेन्टर निर्माण कार्यालय अगाडि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना संक्रमितहरुलाई विभिन्न होटलहरुका आईसोलेसनहरुमा राखेर आर्थिक, प्राविधिक र स्वास्थ्य मापदण्डका हिसाबले अनुपयुक्त देखिएकाले हालको अनुभव, विश्व स्वास्थ्य संगठन र नेपालको केन्द्रीय संकट व्यवस्थापन समितिको स्वास्थ्य मापदण्ड तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम आईसोलेसनहरुको थप व्यवस्थित गराउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकले आईसोलेसनहरुको वर्गीकरण गरी संक्रमितहरु मध्ये लक्षण नभएका साधारण व्यक्तिहरूलाई स्वास्थ्य मापदण्डअनुसार रहनेगरी आफ्नै घरमा आईसोलेसनमा पनि बस्न सक्ने केन्द्रीय निर्देशन र मापदण्ड अनुसार बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

बाँकेमा आफ्नै घरमा आईसोलेसनको मापदण्ड अनुसार सम्बन्धित स्थानीय निकायको स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वको समितिको जिम्मेवारी र प्रत्यक्ष निगरानी तथ सिफारिसमा होम आईसोलेसनको ब्यबस्थापन गर्न सकिने गरी बुधबार निर्णय गरिएको छ।

यसअघि हरेक दिन जोरविजोर अंकका आधारमा सञ्चालन हुँदै आएका सवारी साधनहरुको व्यवस्थालाई यसअघि नै हटाइसकेको छ।

home isolation rules and regulation…