नेपालगञ्जमा मध्यरातमा सट्टेवाज जुवा खेलाईरहेका १५ जना को-को पक्राउ परे ?

नेपालगञ्ज ९ बैशाख/ सट्टेवाजी (अनलाईन जुवा) खेलाईरहेको अवस्थामा शनिबार राती नेपालगञ्जको धम्बोजीबाट ल्यापटप मोवाईल सहित १५ जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ ।

प्रया:जसो सट्टेबाज अर्थात अनलाईन जुवाको क्रुममा भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा शनिवार साँझ अनलाइनबाट सट्टेबाज अर्थात जुवा खेलाईरहेको समयमा उक्त समूह रंगेहात पक्राऊ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर काक्रीको निर्देशन र अप्रेशन इन्चार्ज प्रहरी निरिक्षक सुजन शाहको नेतृत्वमा खटिगएको प्रहरी टोलीले शनिवार राती १२:४५ बजे नेपालगञ्ज-१ धम्बोजी स्थित अयुव हल्वाईको घरको प्ल्यार भाडामा लिएर जुवा खेलाउने उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाङ्गीले जानकारी दिनुभएको छ ।

अनलाईन जुवा खेलाउनका लागि भाडामा लिइएको पक्राउ परेका उक्त १५ जना व्यक्तिबाट अनलाईन जुवा अर्थात सट्टेवाज टेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थाल विभिन्न कम्पनीका स्मार्ट फोनहरु रहेका छन् ।

घटनास्थलबाट पक्राउ परेका ब्यक्तिहरुको बिवरणहरु…..

१. जि.बर्दिया गु.न.पा.६ बस्ने बर्ष ३८ को बिराज पौडेल ।

२. ऐ.ऐ.बस्ने बर्ष २० को सास्वन पाठक ।

३. जि.बाँके खजुरा गा.पा.१ बस्ने बर्ष ३८ को ईश्वर राणा ।

४. ऐ.ऐ.बस्ने बर्ष ३७ को टोप ब. थापा ।

५. जि. मोरङ मिक्लाजुङ गा.पा.६ बस्ने बर्ष २५ को ईसाक लिम्बु ।

६. ऐ.ऐ.९ बस्ने बर्ष १९ को सुदेश राई ।

७. ऐ.ऐ.१ बस्ने बर्ष २२ को रोसन दनुवार ।

८. जि. खोटाङ अईसेलुखर्क गा.पा.६ बस्ने बर्ष २७ को प्रविण राई ।

९. जि.ईलाम ईलाम न.पा.९ बस्ने बर्ष ३३ को पर्शुराम दर्जी ।

१०. जि.सिराहा सिराहा ७ बस्ने बर्ष २३ को राकेश कुमार यादब ।

११. जि. पर्सा बिरगंज महा.न.पा.१४ बस्ने बर्ष ३१ को सुरेन्द्र चौधरी ।

१२. जि.उदयपुर चाङडिगडी न.पा.८ बस्ने बर्ष ३२ को भास्कर मगर ।

१३. जि. रुकुम (पश्चिम) आठबिसकोट न.पा.९ बस्ने बर्ष २६ को दिपेन्द्र के.सी. ।

१४. जि. गोरखा अजुरकोट गा.पा.४ बस्ने बर्ष २९ को रुपक कोईराला ।

१५. जि. पर्बत त्रिबेणी गा.पा.२ बस्ने बर्ष ३५ को सुन्दर राणा रहेका छन् ।

निजहरुको सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कार्वाही पक्रिया भइरहेको बाँके प्रहरी प्रवक्ता नारायण डाङ्गीले बताउनु भएको छ ।