हुण्डी कारोबारमा संलग्नको आरोपमा रुपैडिहाबाट २ जना पक्राउ: नेपालगञ्जका थुप्रै ब्यक्तिको कनेक्सन

नेपालगञ्ज ७ चैत्र/ नेपालगञ्ज र रुपैडिहाका बिभिन्न ब्यक्तीहरुसंगको सहकार्यमा हुण्डी कारोबार मार्फत पैसाको अपचलन गरेको अभियोगमा रुपैडिहा स्थित राधे–राधे मोबाईल सेन्टरका सञ्चालक दाजुभाई सन्तोष बर्मा र पवन बर्मालाई भारतिय प्रहरीले पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाढी बढाएको छ ।

नेपाल–भारतको नोमेन्स लाईन नजिकै राधे–राधे मोबाईल र नेपालगञ्जका क्यासिनोमा जुवा खेल्ने जुवाडेहरुलाई समेत गुप्त धन लगानी गरेको चर्चामा रहेका बर्मा ब्रदर्शको समाचार प्रशाशित भएपछी भारतिय बित्तिय अनियमितता सम्वन्धी छानबीन गर्ने निकाय प्रवर्तन निर्देशालयले पनि सूक्ष्मरुपमा अनुसन्धान गरिरहेकोमा केही दिन अघि मात्र उक्त मोबाईल सेन्टरका दुबै दाजुभाईलाई बहराइच प्रहरीले पक्राउ गरि प्ररारम्भिक अनुसन्धान अगाढी बढाएको छ ।

पक्राउ परेका दुबै दाजुभाईको प्ररारम्भिक बयान र तिनिहरुले बिभिन्न ब्यक्तीका नाममा प्रयोग गरिएका मोबाईल सिम, बैक एकाउन्ट लगायत क्षेत्रको गहिरो अध्ययनपछी निजहरुले नेपाल–भारत सिमा क्षेत्रमा रहेर लामो समय देखि हुण्डी अर्थात हवला कारोबार गरेको देखिएको र त्यसको मोटो तार नेपालगञ्जका केही हुण्डी कारोबारीहरुसंग समेत जोडिएको र त्यसका बिषयमा समेत थप अनुसन्धान भईरहेको सम्वन्धीत भारतिय पक्षले जानकारी दिएको छ ।

नेपालगञ्जमा गैर–कानुनी पैसा तथा सुन तस्करी र केही ब्यापारीहरुसंंग मिलेर हुण्डी कारोबार गरिरहेको ब्यक्तीहरुको नाम समेत बर्मा ब्रदर्शहरु पक्राउ पछी कनेक्सन देखिएकोले त्यस सम्वन्धमा भारतिय प्रहरीले प्रवर्तन निर्देशालयलाई जानकारी गराएको र त्यसपछी उक्त बिभागको आदेश कुरेर बसेको पनि स्रोतले जनाएको छ ।

रुपैडिहा स्थित भारतिय पत्रकार एवम सोसल वर्कर नबी अहमदका अनुसार राधे–राधे मोबाईल सेन्टर सञ्चालक दाजुभाईलाई हवला काण्डमा बहराईच प्रहरीले पक्राउ गरि बहराईच जेलमा राखेर अनुसन्धान अगाढी बढाएको जानकारी प्राप्त भएको बताउनु भएको छ ।

अन्र्तराष्ट्रिय सिमा क्षेत्रबाट हुण्डी अर्थात हवला काण्डले दुबै देशको अर्थतन्त्र नै चौपट पार्ने गरि बित्तिय अपराध गरेको बिषयमा बहराईच प्रहरीले गरेको प्ररारम्भिक अनुसन्धानबाट यस अपराध जालोमा अन्र्तराष्ट्रिय अर्थात नेपालगञ्जका बिभिन्न ब्यक्ती तथा संस्थाहरुको नाम जोडिएपछी प्रहरीले उक्त काण्डको थप अनुसन्धान र कार्बाहीका लागि बित्तिय अनियमितता सम्वन्धी हेर्ने निकाय दिल्ली स्थित केन्द्रिय प्रवर्तन निर्देशालयलाई जानकारी गराईसकिएको र उक्त केस त्यही रिफर गर्ने तयारी गरिरहेको पनि भारतिय पक्षले जानकारी दिएको छ ।

नेपालगञ्जमा सुन एवम नेपाल–भारत सिमा वारपार पैसा तस्करी काण्डसंग जोडिएर नेपालगञ्जबाट गत हप्ता नेपाल प्रहरीले करोडौं रुपैया सहित केही ब्यक्ती परेपछी भारतिय प्रहरीले त्यससंग कनेक्सन खोज्ने क्रममा भारतिय प्रहरीले रुपैडिहाका बर्मा ब्रदर्शलाई पक्राउ गरेको हो ।

नेपालमा भने उक्त घटनालाई सामसुम पारेर त्यसलाई टालटुलु र ढाकछोप गर्नसक्ने आशंका बीच उक्त घटनाको थप अनुसन्धान र कार्बाहीका लागि कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बांके प्रहरीले उक्त घटनासंग जोडिएको तार र ब्यक्तीहरुको नाम सहित बुझाएको पनि करिब १ हप्ता बित्नै लागेको छ । यो घटनालाई करिब ४÷५ महिना पछी रिटायर हुनलाग्न भएका हालै सरुवा भएर आउनुभएका प्रमुख अनुसन्धान अधिकृतले कसरी लैजान्छन त्यो भने हेर्नैपर्ने हुन्छ ।