बिद्यार्थीहरुलाई मनोरञ्जन र यातायातमा दिइदै आएको ४५ प्रतिशत छुट कार्यन्वयन गर्न माग

ज्ञापन पत्र बुझाउदै बिद्यार्थी नेताहरु….

नेपालगञ्ज १० भदौ/ बिद्यार्थीहरुले लामो सर्घर्षपछी मनोरञ्जन र सार्वजनिक यातायातका क्षेत्रमा प्राप्त गदै आईरहेको ४५ प्रतिशत छुटको ब्यवस्था बांकेमा कार्यन्वयन गर्न बिद्यार्थीहरुले शनिबार सम्वन्धीत पक्षहरुलाई भेटघाट र ज्ञापन पत्र तथा बिज्ञप्ती जारी गरि माग राखेका छन ।

छुट प्राप्तीका लागी बिभिन्न चरणका बिद्यार्थीहरुले गरेको आन्दोलनको स्मरण गर्दै उक्त आन्दोलन पछी नेपाल सरकार र बिद्यार्थी संगठनहरुका बीच भएको सहमती बमोजिम नेपालका सबै सार्वजनिक यातायात र मनोरञ्जनका क्षेत्रमा बिद्याथीहरुले ४५ प्रतिशत छुट पाउने सहमती भई कार्यन्वयन गर्न केही पक्षहरुबाट आनाकानी भईरहेको बिद्यार्थीहरुको गुनासो सम्बोधन गर्न शनिबार अनेरास्वबियूले त्यसको अनुगमन गर्न राज्य पक्षलाई अनुरोध गरेको छ भने कार्यन्वयन गर्न सम्वन्धीत पक्षलाई आग्रह गरेको छ ।

मनोरञ्जनका क्षेत्रमा बिद्याथीहरुले ४५ प्रतिशत छुट पाउने सहमती कार्यन्वयन गर्न सम्वन्धीत पक्षलाई जानकारी गराउदै अनेरास्ववियु बाकेले शनिबार नेपालगञ्ज स्थित बागेश्वरी चलचित्र मन्दिर र सिने रोयलमा ज्ञापनपत्र बुझाइएको जनाएको छ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका स्ववियु अध्यक्ष माधव खत्री सहित अनेरास्ववियु बाँकेका इन्चार्ज सुमन घिमिरे, प्युठान इन्चार्ज दिनेश केसि, बांके जिल्ला अध्यक्ष प्रकाश बिक समेतको उक्त बिर्थीहरुको समूहले बिद्याथीहरुका हक र अधिकारलाई कसैले पनि कुल्चीने चेष्टा नगर्न समेत चेतावनी दिएका छन ।