स्थानिय निर्बाचन २०७९ : नेपालगञ्जका सबै वडाका मतदान केन्द्र र मतदाता संख्याको बिवरण

 

२३ बैशाख, नेपालगञ्ज/  यही बैशाख ३० गते मतदान हुने स्थानिय तहको निर्बाचनमा पालिकाहरुमा बिभिन्न पदहरुमा उठेका दलिय तथा स्वतन्त्र उम्मेदवारहरु  र समर्थकहरुलाई निर्बाचनले छपक्कै छोइसकेको छ ।

स्थानिय निकायहरुका गाउं बस्ती टोलका घर–घरमा तिहारमा भैलो खेले जसरी नाच-गान गर्दै उम्मेदवारहरु समर्थकहरुका साथ भोट माग्न मतदाताको घरको दैलोमा पुगेका छन ।

निर्बाचनमा उठेका उम्मेदार देखी प्रत्यक्ष वा अप्रत्यक्ष समर्थकहरु कसैले पनि आफनो उम्मेदवारले जसरी पनी जित्ने कथा कुन्थरी टोल छिमेकमा सुनाउदै मत आफनो पक्षमा पार्ने कोशिस गरिरहेको देखिन्छ ।

यतिखेर सार्वजनिक र आमसञ्चारको माध्यम बनीसकेको फेसबुक, टिकटकमा उम्मेदवारहरुको लागी प्रचारको सस्तो माध्यम पनि बनाइएको छ । स्थानिय निकायको निर्बाचनमा सत्ता पछीय ५ दलको गठबन्धन र नेकपा एमाले बीच रस्साकस्सी चलिरहेको छ ।

बिगतमा करीब ३ बर्ष सत्ता समाल्नुभएका नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यकालको समयमा समृद्ध नेपाल र सुखी नेपाली बिकासको अवधारणा र कार्यशैलीको मुल्यांकणको आधारमा नेपाली जनता एमालेको पक्षमा जनलहर बढेपछी सत्ता पछीय ५ दलको गठबन्धनलाई स्थानिय निर्बाचनमा जित निकाल्न फलामको चिउरा चपाउनु जस्तै बन्दै गएको हो ।

नेकपा एमालेका उम्मेदवारका लागी भने केपी ओलीको नाराले भोट माग्न जनता बीच सजिलो बनाएको अनुभव कार्यकर्ताले गरेको बताउने गरेका छन ।

पश्चिम नेपालको ठुलो र एतिहासिक शहर नेपालगञ्ज उप–महानगरमा कस्ले हात पार्ला ? यति खेर सबैले आ–आफनो मनको लडडु घिउसंग खाईरहेको अवस्था छ । उठेका र उठाइएका सबै उम्मेदवारले आफुले जित्ने वा आफनो पकड बलियो भएको आकलन सुनाईरहेको अवस्था छ ।
नेपालगञ्ज उप–महानगरपालिकाको तथ्यांक हेर्ने हो भने गएको २०७४ को स्थानिय निकायको निर्बाचनको तुलनामा यस पटक २०७९को स्थानिय निर्बाचनमा ब्यापक हेरफेर भईसकेको अवस्था छ ।

२०७४ को निर्बाचनमा नेपालगञ्ज उप–महानगरमा जम्मा मतदाताको संख्या ६२ हजार ५ सय १७ थियो । यस पटकको निर्बाचनको लागी जम्मा मतदाता संख्या ८१ ह्जार ७ सय ४५ जना पुगेको छ ।

बढेको मतदाताहरुमा वडा नम्बर १८ कारकादोमा सबै भन्दा बढी करीब २२ सय र दोस्रोमा २० नम्बर रांझा क्षेत्रमा २ हजार भन्दा बढी संख्या थपिएका छन । यस पटक नगरका २३ वटै वडामा गरि कुल १९ हजार २ सय २८ जना मतदाता थपिएका छन ।

गएको स्थानि निर्बाचन भन्दा अगाढीको ०५४ सालको निर्बाचनमा एमालेको तर्फबाट बिजय हासिल गर्नुभएका धवल शम्शेर राणाले एमालेको निति र मार्ग चित्र अनुसार काम गरि बिकास प्रेमी छबी बनाएकोमा नेपालगञ्जबासीले २०७४ को स्थानिय निर्बाचनमा धवललाई पुनः मेयरको रुपमा मतदान गरेकोमा यस पटक धवलले बिगतको छबी समेत धुमिल हुने गरि काम गरेको भन्दै कार्यकर्ताबाटै बिरोध हुन थालेपछी यस पटक धवल आफै निर्बाचनमा उठने आट गर्नुभएन ।

नेकपा एमाले तर्फबाट भने मेयरमा उच्च शिक्षा हासिल गर्नुभएका अनुभबी एवम समाजेबी स्थानिय समूदायको नेतृत्व कर्ता पशुपती दयाल मिश्रा र उप-मेयरमा समाजसेबी शान्ती ढकाललाई उठाएको छ ।

नेपालगञ्ज उपमहानगरको बिगतको तथ्यांक केलाएर हेर्ने हो भने नेपालगञ्जका २३ वटा वडा मध्य कम मत भएका ३ वटा वडामा मात्रै झिनो मतले राप्रपा पार्टीका उम्मेदवारले जितेको तथ्यांकमा देखिन्छ । ति पनि राप्रपा, नेपाल अर्थात कमल थापाको राप्रपामा रहेकोमा १ जना पुन धवलवाला राप्रपामा फर्किएको बताइएको छ । जुन वडा अध्यक्षलाई असामाजिक काम गरेको भन्दै महिलाहरुले केही समय पहिला भकुर्न सम्म भुकुरेको र पछी वडा कार्यालय नेपालगञ्जवले लेखापढीका साथ मिलाएको लिखतले देखाएको छ ।

चाहे गाई काण्ड होस, चाहे बस पार्क रोड सांगुरो बनाउने काण्ड होस वा फुलटेक्रा तलाउ काण्ड किन नहोस, उपभोक्ताका नाममा बिटिएस रोड घोटाला यस्ता काण्डै काण्डका बिबिध घटनाक्रमले अहिल्य नेपालगञ्जमा धवलको राप्रपाको पनि खासै चार्म रहेको छैन । त्यसमा मेयरका उम्मेदवार उठाइएका गददीमा बस्ने थाने कपडाका ब्यापारी दलबदलु नन्दलाल बैश्य र केही समय अगाढी नराम्रो घटनाक्रमको पात्रका कारण स्थानिय मिडियामा चर्चित बन्नु भएकी चर्ति पनि उपमेयर पदमा उठाईपछी राप्रपाको अवस्था आफै अनुमान गर्नसक्दछन । गएको २०७४ को निर्बाचनमा एमाले र कांग्रेसले धवललाई मत दिएर जिताएको तथ्यांकल पनिे देखाउदछ ।

यस पटकको निर्बाचनमा नेपालगञ्ज उप–महानगरमा १९ हजार २ सय २८ जना मतदाता थपिएका छन । यी मत दाता थपिएका वडाहरु अरु भन्दा क्षेत्रफल र जनसंख्याको आधारमा समेत ठुला र घना बस्ती भएका क्षेत्रका रहेका छन ।

ति वडाहरुमा एमालेले गएको स्थानिय निकायको निर्बाचन २०७४ मा जित हासिल गरेका १, ६, ९, १४, १८ र २० रहेका छन । यी वडा मध्य सबै भन्दा बढी २० नम्बर वडामा २ हजार बढी र १८ मा २२ सय बढी मतदाता यस पटकको निर्बाचनमा थपिएका छन जुन मतदाता थप्नमा एमालेबाट निर्बाचित वडा अध्यक्षहरुको सक्रिय भुमिका रहेको बताइएको छ ।

त्यसैगरि एमालेले ०७४ को निर्बाचनमा झिनो मत अन्तरले हारेका नेपालगञ्जका ३,४,७, १२ र १९ नम्बर वडामा प्रति वडा करीब १ हजारको संख्यामा मतदाता थपिएका छन जुन मतदाता थप्नको लागी एमालेबाट उठाइएका उम्मेदवारहरुको सक्रियता रहेको बताइएको छ । त्यसैगरि एमालेका पुराना कार्यकर्ता बिगतमा टिकट कै कारण माओबादीमा प्रबेश गरि नेपालगञ्ज वडा नम्बर १७ बाट वडा अध्यक्षमा निर्बाचित अजय पाठक एमालेमा फिर्ता भईसक्नुभएको ।

एता गएको २०७४ को स्थानिय निर्बाचनमा मेयर पदका उम्मेदवार रहनुभएका डाक्टर सुरेश कनोडियाको लगानी सकेर उप–मेयरमा उमा थापामगरलाई मात्र जिताएको बांके कांग्रेसले यस पटकको निर्बाचनमा बिगतको सम्झना र टिकट बितरणमा अन्तीम आवरमा गरिएको खेल–खण्डका कारण नेपाली कांग्रेसमा निर्बाचन प्रति बेल पाक्यो कागलाई हर्ष न बिष्मात जस्तो देखिएको छ ।

निर्बाचन अघि देउबा प्यानलबाट डाक्टर सुरेश कनोडिया र कोइराला प्यानलबाट उमा थापामगर लाई मेयर पदमा अगाढी सारिएकोमा नेपाली कांग्रेस भित्र पछील्लो पिढीको कार्यकर्ता प्रशान्त बिष्टले नेपालगञ्ज उप–महानगरको मेयरको टिकट ल्याएर निर्बाचनमा होमिएपछी पुराना इमान्दार कांग्रेसी नेता तथा कार्यकताहरु हेरेको हे–यौ भएका छन । गठबन्धनवालाहरु पनि अब मिलेर जांदा केही नहुने रहेछ भनेर आ–आफनो रोटी सेक्न थालेको अवस्था रहेको घटनाक्रमहरुले देखाउदै गईरहेको छ ।

सूर्यको किरणलाई हत्केलाले केही बेर छेके पनि आखिर उज्यालो छेकेर छेक्न नसके जस्तै समाजमा रहेका जिम्मेवार भ्रष्ट ब्यक्तीहरुसंग मिलेर सिमा वारपार अबैध धन्दा चलाउने, भन्सार छली तस्कर, अबैध धन्दावालहरु गैर कानुनी तरिकाले पैसा कमाएपछी राज्यको जिम्मेवार निर्णायक भुमिकामा जानखोज्ने र जनताले पनि पैसा र आडम्बरको भरमा उस्लाई नै मत दिएर जिताएमा उसले जनता प्रति कस्तो किसिमको सेवा र शासन गर्ला ? निर्बाचनमा आफनो अमुल्य मत दान गर्दा यस्तो बिषयमा समेत  नेपालगञ्जको परिबेशमा मतदाताले ख्याल गर्नुपर्ने अवस्था  घटनाक्रमले देखाएको छ ।