आजबाट नेपालगञ्जमा माघ ११-२२ गते सम्म प्रादेशिक महोत्सव सुरु

११ माघ,नेपालगञ्ज/ नेपालगञ्ज उद्योग बाणिज्य संघले ५ नम्बर प्रदेश स्तरिय प्रादेशिक महोत्सव आज बिहिबार माघ ११ गते देखी माघ २२ गते सम्म नेपालगञ्जको कारकांदो स्थित सडक डिभिजन कार्यालय परिसरमा सञ्चालन गरिएको छ ।

महोत्सवको उदघाटन को दिन नगरका बिभिन्न क्षेत्रबाट हात्ती सहित बिभिन्न स्कुलका बिद्यार्थी तथा सर्वसाधरणको बाक्लो उपस्थितीमा साँस्कृतीक झाँकी,कलश यात्रा निकालिएको छ ।

महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टल, ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहने गरी ब्यवस्थापन गरिएको आयोजकहरुले बताइसकेका छन ।

मेलाबाट करीब १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको र मेलाबाट कमाएको पैसाले बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताउने गरे पनि हाल जग्गामा कम्पाउण्ड मात्र गर्ने तयारी गरिएको छ ।

५ लाख बढिले अवलोकन गराउने गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवधन तथा प्रचार प्रसार गरी बजार ब्यवस्थापनमा समेत महोत्सवको भूमिका महत्वपूर्ण रहने आयोजकहरुले बताएका छन ।

महोत्सवलाई ब्यवस्थित सञ्चालन गराउन बिभिन्न २३ वटा उपसमितिहरु गठन गरिएको छ भने मेलामा दर्शकहरुको सुरक्षा ब्यवस्था गर्न बिभिन्न् २४ वटा सिसि क्यामरा जडान गरीएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरु सहित नेपालको ख्याती प्राप्त बिभिन्न कलाकारहरुको प्रस्तुती पनि मिलाइएको प छ ।

 

सम्बन्धित शीर्षक