अख्तियार दवारा ५० हजार घुस सहित गोंगबुका प्रहरी निरीक्षक सुनुवार पक्राउ

७ मंसिर,काठमाडौं / महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । 

बसपार्क एरियाको एक होटलमा पैसाको बार्गेनिङ गर्दै गर्दा उनी पक्राउ परेको अख्यितारका सह–सचिव एवं प्रवक्ता जीवराज कोइरालाले  बताए । उक्त घटनाका सम्वन्धमा सुनुवार संग भने सम्पर्क हुन सकेन ।