पिन दवारा मन्दिरमा नरिवल फोडने मेशिन पर्दान

२६ भदौ,नेपालगञ्ज/स्वदेशी तथा बिदेशी औषधि कम्पनीमा कार्यरत मेनेजरहरूको संगठन पिन नेपालले बागेश्वरी मन्दिरमा दर्शनार्थीको सहजताका लागी नारियल फोड्ने मेसिन मन्दिरका मुल महन्तलाई हस्तान्तरण गरेको जनाएको छ।

श्रध्दालुहरूको भिड रहने बागेश्वरी मन्दिरमा बिशेष चाड-पर्वहरुमा भक्तजनहरूको अत्यधिक घुँइचो हुने तथा देवतालाई नरिवल फुटाएर चढाउने क्रममा भक्तजनहरुको सुबिधाका लागी नरिवल फोडने मेशीन हस्तान्तरण गरिएको अध्यक्ष ओम नारायण शर्मा जानकारी दिनुभएको छ ।

मेसिनलाई अहिले सोर्ह श्राध्द परेकोले घटस्थापनाका दिन मात्र बिशेष पुजा गरी मन्दिरको उत्तरपट्टि जडान गरिने बागेश्वरी मन्दिरका महन्त चन्दन नाथ योगीले जानकारी दिएको पिन नेपालले जनाएको छ ।