नेपालगञ्जको टिभी हाउसमा LG को १५ दिने बृहत बिक्री अभियान सुरु

३ असोज, नेपालगञ्ज/ हरेक ५ बर्षमा अधिकृत बिक्रेताकोमा आएर बुहत बिक्री कार्यक्रम गदै आएको एलजी ब्राण्डले मंगलबार नेपालगञ्जको सेतु चौक नजीकै न्यूरोडमा रहेको टिभी हाउसमा आफनो १५ दिने बिक्री अभियान सुरु गरेको छ । 

नेपालगञ्ज उप–महानगरपालीकाका उप–प्रमुख सुश्री उमा थापा मगरले टिभी हाउसमा आयोजित उक्त कार्यक्रमको मंगलबार शुभारम्भ गर्नुभएको हो ।
मंगलबार देखी आगामी १५ दिन सम्म टिभी हाउसमा भ्रमण तथा खरिदका लागी आउने उपभोक्ताहरुलाई खाली हात फिर्ता नजाने गरी बिभिन्न आकर्षक उपहार योजनाहरु राखीएको एलजीका एरिया इन्चार्ज नबीन चलाउनेले जानकारी दिनुभएको छ ।

टिभी हाउसमा आउने र एलजीका समान अवलोकन गरि फर्कनेलाई कुपन भरेमा हरेक दिन सांझ लक्की ड्र मार्फत उपहार रहेको र समान खरिद गर्नेलाई बिशेष छुट, कुनैपनि समान खरिद गर्दा हात खाली नजाने आकर्षक उपहार योजनाको ब्यवस्था गरिएको नबीनले बताउनु भयो ।

बजारमा बिभिन्न कम्पनीहरुले उपभोक्ताका लागी बजार ओगटन प्रतिस्पर्धा गरिरहेको अवस्थामा एलजीले उत्कृष्ट समान उत्पादन तथा बितरण गर्ने योजना बमोजिम उपभोक्ताको हितमा ध्यान दिदै एलजीका उत्पादनहरुको थप प्रचार–प्रसार र उपभोक्ताहरुको गुनासो समेत सुन्ने अवसरको रुपमा यस्ता कार्यक्रम एलजीले गदै आएको एलजीका नेपाल ब्राण्डसप प्रमुख नमश ढुंगेलले बताउनु भयो ।

नेपालगञ्ज –२ का सैयद जहांगिरले सञ्चालन गर्नुभएको उक्त टिभी हाउस नेपालगञ्जको लागी एलजीको अधिकृत बिक्रेता रहेकोले हरेक ५/५ बर्षमा कम्पनीले ल्याउने बिशेष कार्यक्रमको फाइदा उठाउन उपभोक्ताहरुलाई जहांगिरले जानकारी दिनुभएको छ ।