काउचो प्रयोग गरी ९ लाख लुटियो

 २५ असोज, नेपालगञ्ज/ सप्तरी जिल्लाको सदरमुकाम राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्र गजेन्द्र चोकबाट सोमबार दिउँसो साढे ९ लाख रुपैयाँ लुटिएको छ । 

गजेन्द्र चोकमा रहेको राष्ट्रिय बाणिज्य बैकवाट रकम उठाएर सय मिटरको दुरीमा रहेको सनराइज बैकमा रकम जम्मा गर्न जाँदै गर्दा राजविराज – ९ मलेठका अनवर हुसेनको साढे ९ लाख रुपैयाँ लुटिएको हो ।

 गजेन्द्र चौकमा २४ सै घण्टा प्रहरीको उपस्थिति हुन्छ । सप्तरीका प्रहरी प्रमुख उपरीक्षक मुकेश कुमार सिंहका अनुसार वाणिज्य बैकवाट रकम लिएर सनराइज बैकतर्फ जादै गरेका बेला हुसेनको घाँटी चिलाएको महसुस भएपछि उनी पैसा भएको ब्याग ट्युबेल नजिक राखेर घाँटी धुन लाग्दा उनको पैसा भएको ब्याग लुटिएको हो ।  शंकास्पद एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी सिंहले जनाए ।