आज बन्द सूची बुझाइदै ,यस्तो छ समानुपातीक प्रणाली : खसआर्य ३१.२,आदिवासी जनजाति २८.७, मधेशी १५.३,दलित १३.८,थारु ६.६ र मुस्लिम ४.४ प्रतिशत

दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक प्रणाली निर्वाचन ऐन अनुसार उम्मेदवारहरुको बन्द सूची पेश नगरे उम्मेदवारी रद्ध हुने

२९ असोज, नेपालगञ्ज/  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरुको बन्द सूची दलहरुले आज आइतबार निर्वाचन आयोगमा बुझाउने अन्तिीम मिति तोकिएको छ । 

प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० पदका लागि दलहरुले उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ । दुवै सभामा ३३ प्रतिशत महिला निर्वाचित अनिवार्य भएकाले प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुने कारण राजनीतिक दलहरुले बुझाउने बन्द सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ ।

 

समानुपातिक निर्वाचनका लागि ८८ दलले आयोगका निर्वाचन चिह्न प्राप्त गरेकामा  आदिवासी जनजाति, मधेशी,मुस्लिम,थारु र दलितलगायत सबै ‘क्लस्टर’बाट महिला उम्मेदवारलाई बढी प्राथमिकता दिएका छन् ।

समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमै बुझाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले केन्द्र र प्रदेशका लागि अलग-अलग स्थानको व्यवस्था गरिएको छ ।

समानुपातिक उम्मेदवार उठाउँदा दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन अनुसार कानुनले १३.८ प्रतिशत दलित, आदिवासी जनजाति २८ दशमलब ७, खसआर्य ३१ दशमलब २, मधेशी १५ दशमलब ३, थारु ६ दशमलब ६ र मुस्लिम ४ दशमलब ४ प्रतिशतको आधारमा उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ ।

नेपालगञ्जको मध्य केन्द्र, धम्बोजी चौकमा सञ्चालनमा आएको राही मार्ट प्रा।ली।९सपिग कम्प्लेक्स०मा गुणस्तरीय र सस्तो मुल्यमा सम्पूर्ण घराइसी समानहरु एउटै छातामुनी उपलब्ध रहेको ग्राहक महानुभावहरुमा सहर्ष जानकारी गराउदै सेवाको लागी अवसर पर्दान गर्नहुन हार्दिक अनुरोध गर्दछौ । राही मार्ट प्रा.ली. , धम्बोजी,नेपालगञ्ज

सम्बन्धित शीर्षक