महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्मा विभागीय प्रमुखमा निर्मल गौतम नियुक्त

२३ कार्तिक, नेपालगञ्ज/ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्मा समाजशास्त्र तथा मानवशास्त्र विभागीय प्रमुखमा निर्मल गौतम नियुक्त हुनुभएको छ ।
यस अघि साबित्रा बस्नेतले सम्हाल्दै आउनुभएको उक्त जिम्मेवारी बस्नेतले विभागीय प्रमुख पदबाट स्वच्छीक जिम्मेवारी हस्तान्तरण गरेपछी गौतम नियुक्त हुनुभएको हो ।  

लामो समय देखी मानवशास्त्र तथा समाजशास्त्रको  बिषय प्रध्यापन गदै आउनुभएका गौतमलाई उक्त जिम्मेवारी पदभार ग्रहण कार्यक्रम बिहिबार आयोजना गरिएको र सो कार्यक्रम महेन्द बहुमुखी क्याम्पसका सहायक प्रमुख अर्जुन पोख्रेल लगायतको उपस्थित रहेको  गोकर्ण शाहीले जानकारी दिनुभएको छ ।