प्रहरी जवान ७ हजारसहित अख्तियारको फन्दामा

२७ कात्तिक, नेपालगन्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले नेपालगञ्जको धम्बोझी चोक नजिकबाट सम्भुप्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ ।  प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगञ्जमा कार्यरत प्रहरी जवानलाई सेवाग्राही बाट घुस लिदै गर्दा अख्तियारको कब्जामा परेका हुन । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालयका प्रमुख इश्वर कार्कीका अनुसार प्रहरी जवानका साथबाट ७ हजार रुपैया लिईराखेको अबस्थामा पक्राउ गरिएको हो ।
प्रहरी जवान  प्रहरी बल औद्योगिक सुरक्षा गण कारकादो नेपालगञ्जमा कार्यरत छन ।

सेवाग्रहीबाट रुपैडिहाबाट ल्याएको समान नेपाल ल्याउन सहयोग गरे बापत सो रकम लिएको प्रमुख कार्कीले उल्लेख गरे । प्रहरी जवानलाई अख्तियारको नियन्त्रणमा दिई थप अनुसन्धान भैरहेको बताइएको छ ।