कृषि बैंकका दिपिका रेग्मी दवारा करीब ५ करोड हिना मिना !

१७ मंसिर, काठमाडौं/  कृषि विकास बैंक काठमाण्डौंको न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कृषि बिकास बैंक लिमिटेड रामशाह पथ काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु-याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुमको सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखाको भिमेश्वर नगरपालिका–६ का ४२ वर्षीय रमेशकुमार थापा रहेका छन् ।

उक्त कार्यमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको र सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात सो ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाँउबाट उक्त कार्यमा संलग्न उनीहरुलाई मंसिर १३ गते पक्राउ गरेको हो ।
उनीहरु उपर उच्च अदालत पाटनबाट मंसिर १४ गते ५ दिन म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।