नेपालको धेरै ठाउँमा बाक्लो हुस्सु,दिउँसो हट्ने

१० पुस,नेपालगञ्ज/नेपालगञ्ज सहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यका मा पनि हुस्सुका कारण भिजिविलिटि १ सय मिटर मात्र हुँदा बिहानको उडान तथा अवतरण प्रभावित भएको नेपालगञ्जको राझा स्थित नागरि उडयन कार्यालय स्रोत र त्रिभूवन विमानस्थल कार्यालयले जनाएको छ ।  

हुस्सु दिउँसो पछि हट्ने मौसम विदले बताएका छन् । हुस्सु हटे पनि पश्चिमी वायुको प्रभावले सोमबार देशभरि कै मौसम आशिंक बदली हुने मौसमविदको अनुमान छ ।  आइतबार बिहान न्यूनतम तापक्रम ९ डिग्री मापन गरिएको नेपालगञ्जको सोमबार बिहानको तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ  । दिउँसो नेपालगञ्जको अधिकतम तापक्रम २२ देखि २५ डिग्री सम्म पुग्ने मौसमविदहरुको अनुमान छ ।

आइतबार न्यूनतम तापक्रम ७ दशमलव ३ डिग्री मापन गरिएको काठमाडौंको सोमबार बिहानको तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ  । दिउँसो काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सम्म पुग्ने मौसमविद कँडेलको अनुमान छ ।