नेपालगञ्ज भन्सारद्वारा ६ महिनामा ३ अर्ब ८५ करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन

३ माघ,नेपालगञ्ज/ नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/०७५ को ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०७४/०७५ को साउन देखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो ।

नेपालगञ्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ८५ करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने रहेकोमा चार अर्ब २१ करोड ४७ लाख ७४ हजार रुपैयाँ संकलन गरेको हो ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत सुवास श्रेष्ठका अनुसार नेपालगञ्ज भन्सार हुँदै भारतबाट पेट्रोलीयम पदार्थ, खाद्यान्न लगायत बढी भन्सार महसुल संकलन हुने सामग्री भित्रिने गरेका छन् ।

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको छ ।
केही दिन अघि भन्सारबाट एक माल बहाक ट्रक बिना भन्सार भित्रीएपछी मिलेमतोमा भन्सार राजश्वमा चुहावटको आरोप पनि लाग्दै छानवीन गरिएको थियो । छानवीनमा केही कमजारी रहेकाले सुधार गरेर जाने भन्सारले बताएको थियो ।