नेपालगञ्ज केडिकल कलेजमा तोडफोड: अस्पतालको लापरबाहीका कारण सुत्केरीको मुत्यूको आरोप

५ माघ, नेपालगञ्ज / बांकेको चिसापनी स्थित लर्डबुद्ध कम्पनी दवारा कोहलपुरमा सञ्चालित नेपालगञ्ज केडिकल कलेजमा स्वास्थ्यकर्मिका तथा अस्पतालको लापरबाहीको कारणले बिरामीको मुत्यू भएको भन्दै मृर्तकका आफन्तले अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

दैलेख चौडाखाकी २२ वर्षीया सीता शाहीले गत बुधबार राति १ बजे अस्पतालमा छोरा जन्माएककेमा उनको उपचारको क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको छ ।
अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन । । शिशुको अवस्था सामान्य रहेको अस्पताललाई उधृत गदै प्रहरीले जनाएको छ ।

तोडफोडबाट अस्पतालको प्रशासन कक्ष, इमर्जेन्सीलगायतका करिब दर्जन सिसा फुटेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतकका आफन्तहरुले नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका हुन् । मृतक सशस्त्र प्रहरीका सहायक हवल्दार लालबहादुर शाहीकी पत्नी हुन् ।

पीडितका आफन्तले अस्पतालमा लागेको सम्पूर्ण खर्च मिनाहा हुनुपर्ने, पोस्टमार्टम गर्न काठमाडौं लैजानुपर्ने र आवश्यक खर्च ब्यहोर्नुपर्ने तथा बच्चालाई आजीवन सबै खर्च ब्यहोर्नुपर्ने माग गरेका छन् ।

अस्पताल प्रशासनले भने हजार दिनसम्म्म शिशुको सबै खर्च ब्यहोर्ने जनाएको छ । बैठक बसेर आवश्यक निर्णय लिइने अस्पताल प्रशासनले जनाएको छ ।