नेपालगञ्जका ३ वटा औैषधी पसलमा बिभागको ताला

२५ माघ, नेपालगञ्ज/ नेपालगञ्जको बिभिन्न ठाउंमा सञ्चालमा रहेका ३ वटा औषधी पसलहरुमा बिहिबार दिउसो औषधी ब्यवस्था बिभागले ताला लगाएर बन्द गरिदिएको छ ।
नेपालगञ्ज उप महानगरपालीका वडा नम्वर १२ स्थित नेपालगञ्ज मेडिकल कलेज अगाढी सञ्चालनमा रहेको दर्शन फर्मा, त्यसैगरी नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर २० रांझा चौकमा सञ्चालनमा रहेको पवन मेडिकल र नेपालगञ्ज वडा नम्बर १३ स्थित भेरी अञ्चल अस्पताल अगाढी सञ्चालनमा रहेको मेडिकल हेल्थ स्टार फार्मेसीहरुको सटरमा ताला लगाएर बिभागको टोलीले बन्द गरिदिएको छ ।

गैर कानुनी औषधी बिक्रिी तथा मेडिकल सञ्चालनमा रहेकाले नेपालगञ्ज औषधी बिभागको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र अर्याल, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन गौतम लगायत जिल्ला अनुगमन समितिका सदस्यहरुको रोहबरमा दर्शन मेडिकल २१ दिन, पवन मेडिकल १५ दिन र हेल्थ स्टार फार्मेसी ३० दिनको लागी बन्द गरिदिएको छ ।

मेडिकलमा ताला बन्द गरेपछी अन्य मेडिकलहरुले पनि डरका कारण आफना मेडिकलका सटर तानेर बन्द गरेको स्थानिय प्रत्यक्षर्शिहरुले हाम्रो संरचनालाई जानकारी गराएका छन ।
उपरोक्त मेडिकलहरुलाई बारम्बार चेतावनी दिदा पनि नसुध्रिएकोले दोस्रो चरणको कार्बाही गरिएको औषधी ब्यवस्था बिभाग स्रोतले बताएको छ ।