डडेल्धुरामा जीप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

१५ जेठ, डडेल्धुरा/ डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३, गजरौलामा मंगलबार बिहान करीब ११ बजे जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुर तर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जीप  सडकबाट २ सय मिटर तल खसेको हो। उक्त घटनामा जीपधनी बिनोद रावलको पनि मृत्यु भएको छ।

सम्बन्धित शीर्षक