३६ लाख घुस सहित बुटवलमा इन्जिनियर सुरेश ठाकुर श्रीमान श्रीमती पक्राउ

१३ साउन,बुटवल/ बर्षमा हरेक दिन सरकारी कर्मचारी घुस सहित पक्राउ पर्ने देश अब नेपाल चिनीने भएको छ । नेपालको भ्रष्टाचार निवारणका लागी बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात हतका कार्य क्षेत्रमा रहेका कार्यालयबाट सरदर हरेक दिन नगद घुस सहित सरकारी राष्ट्र सेवक पक्राउ गरिरहेको छ ।

तर पनी सरकरी कर्मचारी भने घुसखान छोडने गरेका छैनन बरु थप चलाखी पूर्ण तरिकाले ऐन नियम अनुसार प्रक्रिया मिलाएरु आफुलाई सुरक्षीत जस्तो बनाएर घुस खाने गरिरहेको घटना सार्वजनी भैइररहेका छन ।
निर्माण तथा अन्य बभिन्न्न बिकासे याजनामा प्राबिधिक निरिक्षणको नाममा होस वा अन्य कुनै काम सजिलो गरिदिए बापत नेपालका केही कर्मचारी हम नहि सुध्रेगे भन्ने पबृति देखाई रहेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित पक्राउ गरेको छ ।

आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिनुभयो ।

नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उहाँ ट्याक्सिमा जाँदै गर्दा हैटौंडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिनुभयो ।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतीक निमार्णको काम गर्ने गर्दछ । अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उहाँ बाटोमै पक्राउ पर्नुभएको हो ।

यसअघि हिजो बिहान अख्तियारको टोलीले गुल्मिमा, सिमलटारी–प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झालाई पनि रु एक लाख घुस सहित पक्राउ गरेको थियो । झालाई आज बिहान आफनैकोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको हो ।

File Video : घुसको आरोपमा पक्राउ पर्दा यस्तो हुन्छ ।

सम्बन्धित शीर्षक