आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथौ पटक फेन्सिंग खेल बिहिबारबाट नेपालगञ्जमा सुरु

२८ चैत्र, नेपालगञ्ज/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहिबार बिहान देखी नेपालगञ्ज स्थित रंगशालाको हलमा चौथो पटक राष्ट्रिय फेन्सिंग प्रतियोगिताका बिभिन्न इभेन्टहरु सुरु भएका छन ।
नेपाली खेलकुदमा निकै ढिलो गरि प्रबेश गराइएको फेन्सिंग खेलमा बिहिबार बिहान नेपाल आर्मि र शसस्त्र प्रहरीका बिभिन्न टोलीले भाग लिएका छन ।

बिहिबार सांझ बांकेको क्षेत्र नम्म्बर ३ का माननिय संघिय सांसद नन्दलाल रोकाय र फेन्सिंग संघका अध्यक्षले उदघाटन गर्नुभएको उक्त खेलको उदघाटन शत्रमा ओलम्पीयन पूर्वखेलाडी एवम प्रदेश सांसद सुरेन्द्र हमाल, बाबुराम गौतम, आइपी खरेल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष भिम वली लगायतको सहभागीता रहेको थियो ।

बिभिन्न ३ इभेन्टमा बिभाजित फेन्सिंग खेल नेपालीमा तरवाल बाजको रुपमा बुझिने उक्त खेलमा बिहिबार नै नेपाल आर्मि, शसस्त्र जनपद प्रहरी लगायत प्रदेश नम्बर ४ का बिभिन्न खेलाडीहरुले समेत सुरुवाती छनौट चरणको खेलमा सहभागीता जनाउनु भएको छ । यो खेल केही दिन नेपालगञ्जको रंगशालाको कवर्ड हलमा चल्ने छ ।