अर्घाखाँचीको सन्धीखर्क (रातामाटा) बस दुर्घटना: १६ जनाको मृत्यु

अर्घाखाँची / अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-६ स्थित रातामाटाका बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।उक्त घटनामा मृत्यु हुनेको संख्या अझै बढन सक्ने उद्धारमा सहयोग गर्नेहरुले जनाकारी दिनुभएको छ ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा परी सख्त घाइते भएकाहरुलाई उपचारका लागि बुटवल र केही अर्घाखाँचीको सन्धीखर्क स्थित जिल्ला अस्पतालमा  पठाइएको छ। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको उपरीक्षक विष्टले जानकारी दिनुभएको छ ।