टिप्परले हानेर खजुरा रोडमा नेपालञ्जका लखेरको मुत्यू

२९ असार नेपालगञ्ज/ आईतबार सांझ नेपालगञ्जको खजुरा रोड स्थित नन्दनी मिल नजिक टिपरले ठक्कर दिदा ६० वर्षीय बुद्ध बहादुर लखेरको मुत्यू भएको छ ।

नेपालगञ्जको धम्बोझीबाट खजुरातर्फ जाँदै गरेको भे १ ख ३००३ नम्बरको टिप्परले नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १– नन्दनी मिल नजिकै साइकलमा यात्रा गरिरहेका नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर ११ भट्टीटोलका ६० वर्षीय साइकल यात्री बुद्ध बहादुर लखेरलाई ठक्कर दिएको थियो ।

उक्त घटनामा गम्भीर घाइते भएका लखेरको नेपालगञ्ज स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आईतबार सांझ मुत्यू भएको प्रहरीले जानकारी दिएको छ ।साइकल यात्रीलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खडकाले जानकारी दिनुभएको छ ।