नेपालमा कोरोना: हालसम्म १ सय ४ जनाको मृत्यु, २६ हजार ६ सय ६० जना संक्रमित

३२ साउन,नेपालगञ्ज/ पछिल्लो २४ घण्टामा नेपालका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा १७२ जना सहित ६४१ संक्रमित थपिएका छन ।
यो पछिल्लो तथ्यांक सहित नेपालमा हालसम्म कोरोना संक्रमितहरूको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

आइतबार सम्म १७ हजार ३ सय ३५ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ ।पछिल्लो २४ घण्टामा पर्सा र मोरङमा एकएक गरी २ जनाको मृत्यु भएको छ