भेरी अस्पतालका बरिष्ठ फिजिसिएन तथा कोरोना फोकल पर्सन डा.संकेत गम्भीर लक्षण सहित कोरोना संक्रमित

कोरोना संक्रमणको समयमा भेरी अस्पतालमा आएका बिरामीहरुलार्य स्वास्थ चेकजांच गर्दै डाक्टर संकेत रिसाल ।

८ भदौ,नेपालगञ्ज / भेरी अस्पताल नेपालगञ्जका कोरोना फोकल पर्सन डा. संकेत रिसाललाई लक्षण सहितको कोरोना भाइरस संक्रमण भएको छ ।

नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १२ बेलासपुर स्थायी घर भइ भेरी अस्पतालमा २४सै घण्टा स्वास्थ्य सेवामा तत्लील रहने डाक्टर रिसाल कोरोनाको महामारीसगै भेरी अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारको लागि थप ब्यवस्थित गर्न अस्पतालको तर्फबाट फोकल पर्सनको रुपमा जिम्मेवारी बहन गरिरहनुभएको थियो ।

कुनै समयमा बांके-बर्दिया जिल्लामा जानेमाने जिम्मदारका रुपमा सु-परिचित ज्ञानराज शर्माको सुपत्र संकेत रिसालले भेरी अस्पतालमा बिगत झण्डै दुई दशक देखी लगातार स्वास्थ्य सेवा गदै आउनु भएको छ ।

भेरी अस्पतालको तर्फबाट कोरोना फोकल पर्सन भएर नेतृत्व दायी भुमिका निर्बाह गरिरहनुभएका डाक्टर रिसाललाई शनिबार हल्का ज्वरो आएको र आइतबार एक्कासी उच्च ज्वरो देखिए पछि उहाँको सोमबार बिहानै आरटिपीसीआर बिधिबाट कोरोना भाईरस सकंमण परिक्षणमा गरिएको थियो ।

कोरोना भाइरस संक्रमण परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको र आफुलाई बिगत २ दिन देखि ज्वरोले सताइरहेको डाक्टर रिसालले आइसोलेसनको बेड बाटै फोन मार्फत जानकारी दिनुभएको छ ।

डाक्टर संकेत रिसाल सहकर्मीको साथमा कोरोना अस्पतालमा परिसर खजुरामा ।

आफु पनि निर्भिक उच्च मनोबलका साथ र अरुलाई पनि उच्च सम्मानका साथ  स्वास्थ्य सेवालाई अगाढी बढाउनु भएका डा. संकेतले बांकेको खजुरामा रहेको कोरोना बिशेष अस्पतालमा रहेर स्वास्थ्यकर्मिहरुको तर्फबाट नेतृत्वदायी भुमिका निर्बाह गर्दै कोरोना संक्रमितहरुको उपचारमा सक्रिय रहनु भएको थियो ।

नेपालगञ्ज स्थित भेरी अस्पतालका वरिष्ठ फिजिसियन समेत रहनुभएका डा. रिसालले कोरोना भाइरस संक्रमणबाट जोगिन सुरुका दिनहरुबाट नै आफु पनि सुरक्षित रहने, अरुलाई पनि सुरक्षित रहन सरसफाई र स्वास्थ्य सामाग्रीमा प्रयोग गर्नका लागि सर्वसाधरणहरुलाई समेत आग्रह गर्दै आउनु भएको थियो ।

कोरोना संक्रमणपछि नेपालगञ्ज स्थित भेरी अस्पतालको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनु भएका डा. रिसालले संक्रमणबाट मुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने बिश्वास व्यक्त गर्नुभएको छ ।

डा. संकेत एचआइभी एडस रोगको समेत भेरी अस्पतालमा कन्टयाक्ट फोकल पर्सनका साथै चिकित्सक संघमा समेत नेतृत्वदायी जिम्मवारी निर्बाह गरिसक्नु भएको छ ।

डाक्टर रिसालको जिवन संगिन डाक्टर उर्मिला पराजुली पनि भेरी अस्पतालमा गाइने ढाक्टरको रुपमा सेवारत रहनु भएको छ। डा. रिसाल स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरुमा अतिथि बिज्ञको रुपमा सहजीकरण गदै आउनु भएको छ ।

हामी पनि डाक्टर रिसालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।