कोरोना कहर: बांकेमा आज २२ जना सकुशल घर फर्किदै

११ भदौ, नेपालगञ्ज/ पश्चिम नेपालको प्रमुख प्रबेशद्धारको रुपमा रहेको बांकेको कोहलपुर क्षेत्रमा सख्यात्मक रुपमा कोरोना संक्रमण बढेको छ भने कोरोनाको जोखिम अवधी आइसोलेसनमा बिताएर घर फर्कनेहरुको पनि लिस्टमा खासै कमि आएको छैन ।

बांकेमा गत साउन २९ गते कोरोना पोजेटिभको रिपार्ट आएर आइसोलेसनमा बस्नुभएका २२ जना आज १४ दिन आइसोलेसनमा बसेर घर फर्किदै हुनुहुन्छ । यस अवधीमा आइसोलेसनमा बसेका केहीलाई सामन्य लक्षण देखिएको र चिकित्सक तथा स्वाथ्य कर्मिहरुको नियमित सम्पर्कमा रहेर गरिएको उपचारको पछी ति ब्यक्तीहरुको हाल सम्म सामान्य अवस्थामा उहांहरु घर फर्किदै हुनुहुन्छ ।

गत असार २९ गते भेरी अस्पतालको कोरोना परिक्षण ल्याबको रिपोट अनुसार नेपालगञ्जका १५ जना, कोहलपुरका ७ जना गरि २२ जना, बर्दिया जिल्लाका ५ जना, बीरेन्द्रनगर सुर्खेतका ३ जना पोजेटिभ रिपोर्ट आएको थियो ।

जसमा बांकेका २२ जना मध्य बांकेको गनापुरमा रहेको खुल्ला कारागारमा ६ जना, नेपालगञ्जको सिटि प्यालेस होटेलमा ४ जना, खजुरा स्थित कृषि तालिक केन्दमा १ जना, खजुराको शुशिल कोइराला क्यान्सर हस्पिटलमा ५, खजुरा रोडमा रहेको लाइन्स डेन्टल हस्पिटलमा ३, बैजनाथमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा २ र नेपालगञ्जको एनआइडिसिको पुरानो भवन रहेको आदर्शनगर १ जना गरि पुरै २२ जना  सकुशल नै सबै डिसचार्ज भएर घर फर्किदै हुनुहुन्छ ।

आइसोलेसनको बसाई सम्भाबित खतरा कम गर्न र समस्या आइपरेमा उपचार गर्न सजिलो होस भनेर राखिएको र १४ दिन पछी खतरा कम हुने र कसै-कसैलाई पुरै निको नहुनसक्ने भएकाले आइसोलेसनबाट घर फकिएपटी कम्तीमा अरु थप ७ दिन घरमा नै आइसोलेसनमा बस्न चिकित्सकहरुले सल्लाह दिने गरेका छन ।