गएराति २ जना सहित बाँकेमा हालसम्म २२ जना कोरोना सङ्क्रमितको मृत्यु

१३ असोज, नेपालगञ्ज / गएराति बाँकेका २ जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत नेपालगञ्ज-७ का ३९ वर्षका सुरजको बिहानीपख ३:३० बजे र कोहलपुर नगरपालिका वडा नं १० का ५३ वर्षीय इन्द्रको ४:१५ बजे कोरोना सङ्क्रमणका कारण कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

हालसम्म बाँकेमा पछिल्लो केही दिन यता सरदर दैनिक जसो कोरोना संक्रमणका व्यक्तिहरूको मृत्यु भईरहेको छ।

सोमबारसम्ममा बाँकेमा २२ जना कोरोना संक्रमित व्यक्तिहरूको मृत्यु भइसकेको छ । जस मध्य बाँकेका यो २ जना सँगै १५ जनाको मृत्यु भएको छ भने बाँके जिल्ला बाहिरका बाँकेमा उपचारको क्रममा ७ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना संकट व्यवस्थापन कमिटीका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा सोमबारसम्म २५ हजार ७१७ जनाको आरटीपीसीआर विधिद्वारा कोरोना संक्रमण परीक्षण गरिएकोमा २३७९५ जनाको रिपोट नेगेटिभ आएको र जसमध्ये १८३५ जनाको पोजेटिभ आएको छ ।

कोरोनाे पोजेटिभ भएका मध्येे  सोमबार सम्म ३३८ ‌जना बाँकेका विभिन्न आईसोलेसन सेन्टरहरु तथा केही होम आईसोलेसनमा बसेर स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको निगरानीमा स्वास्थलाभ गरिरहनुभएको छ भने बाँकी अन्य १५०७ जनाले कोरोना संक्रमण सँग जितेर  स्वास्थ्य लाभ गरिसक्नुभएको छ ।