फागुन २३ गते प्रतिनिधिसभाको अधिबेशन आह्वान


१७ फागुन, नेपालगञ्ज/  संघिय प्रतिनिधिसभाको अधिबेशन यहि फागुन २३ गते सोमबार दिउँसो ४ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक सूचना जारी गर्दै आह्वान गर्नुभएको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गतेका लागि संसद अधिबेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट विघटन गरिएको संसद सर्वोच्च अदालतको फैसलासँगै पुनर्स्थापित भएको छ । सोही अनुरुप फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुरुप नै १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको अबको बैठक विशेष रहने अपेक्षा गरिएको छ । विभाजित नेकपाका नेताहरुले प्रधानमन्त्रीमाथि अविस्वासको प्रस्ताव दर्ता गर्नसक्ने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले भने संसदमबा सबैकुराको समाधान खोज्नु पर्ने बिचार राख्दै आउनु भएको छ ।