बांकेमा पछील्लो २४ घण्टामा ६ जनाको मृत्यु: सरकारको ध्यान नेपालगञ्ज तर्फ दिनआग्रह

कोरोना संक्रमित भई उपचारकोलागि बिहिबार राती नेपालगञ्ज स्थित भेरी अस्पतालमा हारगुहार आईपुगेका बर्दियाका बिरामीहरु । फोटो: सुरेश गौतम

१० बैशाख, नेपालगञ्ज/  पश्चिम नेपालको सबै भन्दा ठुलो शहर नेपालगञ्जमा यतिखेर सबैको चित्कार गुञ्जन थालेको छ । त्यो चित्कारको आवाज हो कोरोनाका बिरामीलाई बचाउ र आफु पनि बचौं ।

कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई उपचारका लागि बिहिबार सांझ भेरी अस्पतालमा हारगुहार मागीरहेका बर्दियाका २ जना कोरोना संक्रमित बिरामी अस्पतालको स्टेचरमै सूत्न बाध्य हुनुभएको छ । अस्पतालमा रहेका सबै बेडहरु कोरोनाका सिकिस्त बिरामीले भरीभराउ छन । अक्सिजनको कमिले स्वास फेर्न तडपी रहनु भएका ति २ जना बिरामीहरुका आफन्तहरुले सहयोगको याचना मागिरहनु भएको अवस्थामा त्यहां कार्यरत स्वास्थ्यकर्मि बाध्यताबश लाचार जस्तै देखिनु बाहेक अर्को बिकल्पको अवस्था रहेको छैन ।

भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाको हिजो राती आफनो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको जानकारी मुलक सूचना ।

भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा लगायतको स्वास्थ्य टिमले रातदिन काम गरिरहेको छ । बेड खाली नहुदा समेत भुईमा सुताएर बिरामीको उपचार गरे पनि कोरोनाका बिरामीलाई अक्सिजनको लागि बेड आवश्यक पर्दछ । भेरी अस्पताल लगायत मेडिकल कलेमा समेत बेड अभाव भएर कोरोनाका सिकिस्त बिरामीले उपचार नपाएर मर्नुपर्ने अवस्था बांकेमा आईलागेको छ ।

भेरी अस्पतालको कोभिड वार्डमा उपचार गराइरहनुभएका बिरामीहरु र आफन्त ।

भेरी अस्पतालका प्रमुख डाक्टर थापाले भेरी अस्पतालले कोरोना संक्रमण भई गम्भीर बिरामी हुनुभएका बिरामीहरुलाई उपचार गर्ने बेडहरु सबै भरी भराउ भएको र अस्पतालका धेरै स्वास्थ्यकर्मिहरु पनि कोरोना संक्रमित भएको अवस्थामा अस्पतालले थेग्न नसक्ने अवस्थामा पुगेको जानकारी दिनुभएको छ ।

थापाले अक्सिजन नपाएर बिरामीहरु मर्नसक्ने अवस्था हुनुभन्दा अगाढी नै बांकेमा रहेका सबै स्वास्थ्य केन्द्रहरु अक्सिजन सहितको कोरोनाका बिरामीहरुको उपचारका लागि स्थानिय, प्रदेश र केन्द्र सरकारको अभिलम्भ ध्यान पुयाउन आग्रह गर्नुभएको छ ।

बांके जिल्लामा दैनिक सरदर ३ सय कोरोना संक्रमितका बिरामी थपिएको र सरदर ३ जनाको मृत्यु भइरहेको नेपालगञ्ज स्थित बांके जिल्ला कोरोना संक्रमण ब्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले बताउनु भएको छ ।

गत २४ घण्टामा नेपालगञ्ज वडानम्बर १७ की ८६ बर्षिय टिकादेबी भण्डारी, नेपालगञ्ज १ की ६५ बर्षिय रमादेबी, नेपालगञ्ज ११ का ४२ बर्षिय मोहमद हसिम, सल्यान, बनगाड -३  का ५६ बर्षिय विर वहादुर नेपाली, जानकी- १ , बांकेकी ७१ बर्षिय सुमन पाठक र बैजनाथ-६ बाँकेका २८ बर्षिय मान बहादुर पुन गरी पछील्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

अस्पतालका सबै बेडहरु बिरामीले भरीएको र कोरोना संक्रमण बढेकाले भेरी अस्पताल अन्य बिरामीहरुलाई अस्पतालको कम्पाउडमा टेन्ट टांगेर चेक जांच गर्दे भेरीका डाक्टर संकेत रिसाल सहितको टिम ।