बांकेमा सोमबार बिहान सम्म ४२९ जनाको मृत्यु:  मृत्यु दर रोक्न अस्पतालले सुधानुपर्ने पक्षहरु…….

३ जेष्ठ, नेपालगञ्ज/ बांके जिल्ला र यस वरपरका जिल्लामा कोरोना संक्रमण फैलिने क्रममा जारी नै रहेको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट बांकेको पछील्लो पटक हिजो आईबार सांझको रिपोट अनुसार ३४३ जना महिला र ४६२ जना पूरुष गरि एकै दिन ८०५ जना थप कोरोना संक्रमित फेला पर्नुभएको छ ।

उक्त संक्रमित मध्य बांकेका मात्र १५८ जना महिला र २०७ जना पूरुष गरी ३६५ जना रहनुभएको छ । अन्य बांके बाहेक बाहिरी जिल्लाबाट नमुना संकलन गरि परिक्षण गर्न आएको रिपोट रहेको छ ।

कोरोनाबाट बांके जिल्ला र अन्य जिल्लाबाट उपचार गराउन आएका मध्य नेपालगञ्ज स्थित भेरी अस्पतालमा सरदर दैनिक २५० जनाले उपचार गराईरहनुभएको छ भने नेपालगञ्ज स्थित मेडिकल कलेज, कोहलपुर मेडिकल कलेजमा सरदर दैनिक १५० जनाले उपचार गराइरहनुभएको छ ।

उपचार गराईरहनु भएका मध्य १ हप्ता अघि दैनिक ६ जनाको मृत्यु भएको थियो भने यो हप्ता दैनिक सरदर ८ जनाको मृत्यु भईरहेको छ । गत हप्ता अन्य जिल्ला भन्दा बांके जिल्लाका धेरै ब्यक्तीको मृत्यु भएको थियो भने यो हप्ता सरदर बराबरको संख्यामा मृत्यु भएको कोरोना क्राइसिस म्यानेजमेन्ट समितिले तयार पारेको तथ्यांकले देखाएको छ ।

उक्त तथ्यांक अनुसार सोमबार बिहान सम्म कोरोना समेत संक्रमणबाट बांकेका मात्र २३९ जना र अन्य बाहिरी जिल्लाका १९० जना गरी ४२९ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनुहुनेहरु प्रया ३५ देखी ६० बर्ष उमेर समूहको बढी रहनुभएको छ भने केही दिर्घरोगी समेत रहनुभएको थियो ।

भेरी अस्पतालमा ततकाल सुधारगर्नुपर्ने पक्षहरु……

कोरोना भाइरसको उपचार नै नभएको भनिरहेको अवस्थामा पछील्लो पटक कोरोना संक्रमितहरुको सपोटिंग उपचारहरु भईरहेको अवस्थामा पश्चिम नेपालको एक मात्र ठुलो सरकारी अस्पतालमा कोरोना संक्रमितहरु उपचार पछी निको हुन्छु भन्ने आसमा बाध्यात्मक अवस्थामा अस्पताल आउनेक्रम रोकिएको छैन ।

कोरोना क्राईसिसमा सम्भाबित खतराको आंकलन गरी यस अघिका बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवांगको समन्वयमा स्थानिय निकाय, प्रदेश र संघिय सरकारहरुका साथै स्थानिय ब्यवसायी एवम सर्वसाधरणहरुको समेत लगानीमा भेरी अस्पतालमा १४२ बेडको कोरोना बिशेष वार्ड निर्माण यतिखेर मानिसहरुको जिवन बचाउने थलोको बनेको छ ।

उक्त वाडमा यतिखेर बिरामी भरीएर अस्पतालको अन्य वार्डमा समेत बिरामी राखेर ठाउं नपुगेर अस्पतालको कम्पाउण्डमा समेत बेड राखेर उपचार गर्ने काम भइरहेको छ ।

# आज सोमबार भेरी अस्पतालमा मात्र २२८ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । करीब १५० जना ब्यक्तीको लागि मात्र तयार पारिएको कोरोना वार्डमा अक्सिजन पाइपमा सप्लाई हुने अक्सिजन हाल अन्य बिरामीहरुलाई पनिसोही पाइपबाट अक्सिजन दिने गरि पाइप लाईन बिस्तार गरिएकोले अक्सिजनको फलो कम हुन गएर कोरोनाका संक्रमित बिरामीलाई आवश्यक अक्सिजन प्रायाप्त नपुग्ने भएकाले त्यसको ब्यवस्थापन स्थायीरुपमा गर्नु जरुरी छ ।

# त्यसै गरी अक्सिजन सप्लाई पाइपबाट गरिएकोले त्यस पाइपलाइनमा काम गर्ने आवश्यक दक्ष जनशक्ती राख्न पर्दछ जो पटक पटकको अक्सिजन सप्लाई देखिएको समस्या हटाउन सकियोस ।

# कोरोना संक्रमित ब्यक्ती सिकिस्त भएर उपचारको लागि अस्पतालमा आउदा अस्पताल मैत्री बनाउन ध्यान दिनुपर्दछ । अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा मास्क लगाएर अस्पतालका सबै बेडमा पुग्ने निररिक्षण गर्ने, बिरामीलाई भेटने बिरामीको औषधी उपचार गर्नुभएको छ भने अन्या चिकित्सकले पनि डराएर पुरै पिपिई लगाएर बिरामीका अगाढी जांदा बिरामीको मनमा कमजोर अनुभुती गराउने कार्यमा ध्यान दिन जरुरी छ ।

# बिरामीको संख्या बढी भएपनि नियमित चेकजांचमा सिनियर नर्स तथा डाक्टरहरु आफनो दायित्व अनिबार्य निभाउनु पर्ने र त्यसको अभिलेख राख्नु पर्ने अवस्था देखिएको छ । कुनै पुरै इमान्दारीताका साथ काम गरेको गरयै र कोही चाही पिपिइ लगाएर एउटा कुनामा गएर बस्ने र अरु जुनिएरहरुलाई कजाउने प्रबृतीलाई निरुत्साहित गर्नै पर्दछ ।

#  अस्पतालमा कोरोना संक्रमितलाई रेमडिसिभर इन्जेक्सन लगाउदा त्यसको फाइदा र बेफाइदाका बारेमा चिकित्सक तथा स्वास्थ्य कर्मिहरुमा ओरेन्टेसन गर्न जुरुरी छ । ब्लड प्रेसर र सुगरका बिरामीले रेमडिसिभर लगाउदा झन घातक हुन्छ भन्ने बिषयमा जानकारी हुदा हुदै सुगरका बिरामीलाई इन्जेक्सन लगाउने कामलाई निरुत्साहित गर्न जरुरी छ ।

# रेमडिसिभर इन्जेक्सन सिफारिस गर्ने चिकित्सकले एउट बिरामीलाई ६ भाइल लगाउनु पर्ने सिफारिस पछी त्यो बिरामीले पुरै लगायो की लगाएन वा बिचैमा बिरामीको मृत्यु भयो की यो ख्याल गर्न जरुरी छ,  किन की बिरामीका लागि सिफारिस गरिएको रेमडिसिभर बिरामीले १ वा २ पटक लगाउदा बिरामी बितीसकेपछी उक्त डाक्टरको रिफारिसबाट बिरामीको नाममा अन्य बांकी पनि  निकासा देखाएर बाहिर बल्याक गरिएको तथ्य बाहिर आइसकेको छ ।

# अस्पतालमा मृत्यु भएका र अस्पतालको पहुंचमा आएर मृत्यू भएका कोरोना संक्रमितको लेखा चुस्तदुरुस्त राख्न आवश्यक छ, किन की उक्त शंक्रमण थप फैलिन रोक्ने रणनितिका लागि आवश्य पर्न शक्दछ ।

# भेरी अस्पतालमा उपलब्ध हुदै आएको असिक्जनको सिलिन्डर कम्पनीले बुटवलमा सुर्खेतमा र भैरहवामा प्रति सिलिन्डर ४५० मा उपलब्ध गराएको सरकारी रेकर्डमा उल्लेख छ भने भोली लेखा अडिट हुदा भेरीले प्रति सिलिन्डर ९ सम्म हालेको कसरी बिल पास गर्न सक्दछ ? बिचौलियाका नाममा यो गैर कानुनी काम ततकाल सच्याउनु पर्दछ ।

हाल जिम्मेवार पूर्वक काम गरीरहनु भएका स्वास्थ्य कर्मिहरुको कामको जति चर्चा वा बखान गरे पनि कमिहुन्छ भेरी अस्पतालका प्रमुख प्रकाश थापा लगायतको टिम जनताको धन्यबादको प्रात्र हुनुहुन्छ तर यस कोरोना संक्रमणको समयमा यसैलाइ माध्यम बनाएर पैसो कमाउने मेलोमेसो र जागिरका नाममा समय कटाउने- कजाउने काम कसैले पनि गर्नुहुदैन सममा नै चेतना भया: ।