नेपालगञ्ज सुन काण्ड-२: थप तथ्य पर्दाफास

सुन तस्करीको आरोप खेपीरहेका नेपालगञ्जका पसलहरु

२७ भदौ, नेपालगञ्ज/ नेपालगञ्जको राँझा एयरपोर्टबाट गत शुक्रबार पक्राउ परेको ४.२१ केजी सुन काण्डको नेपाल प्रहरीको विशेष टोली र राजश्व अनुसन्धान विभागको टोलीले थप बृस्तीत अनुसन्धान जारी राखेको छ।

गत हप्ता पक्राउ परेको सुन नेपालगञ्जमा सुनको काला ब्यापार गर्दै आएको अनुसन्धानको क्रममा खुलेका त्रिवेणी मोड स्थित नेपाल ज्वलर्सका अनिस जसगढ, सन्जिवको सन्जिव ज्वलर्स र न्यूरोड स्थित जमिल जसगढको न्यू नेपाल ज्वलर्सले काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्स बाट निरन्तर रुपमा अवैध सुन तस्करी मार्फत आयत गरिरहेको अनुसन्धानको क्रममा पाइएको छ ।

काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्स बाट सुन तस्करी गर्ने क्रममा गत हप्ता मात्र नेपालगञ्जको न्यूरोड स्थित जमिल जसगढले गैर कानुनी सुन खरिदका लागि १ करोड ५५ लाख रुपैया पठाएको पाइएको छ ।

त्यसैगरी काठमाडौंबाट नेपालगञ्ज तर्फ सुन तस्करी गर्ने क्रममा गत शुक्रबार राँझा एयरपोर्टबाट पक्राउ परेका व्यक्तिहरू काठमाडौंबाट नेपालगञ्ज पटक-पटक गरि निरन्तर ५४ पटक पेलेनमा आएको र १७ पटक पेलेनमै फर्किएको ऱ गाढीमा दर्जनौं पटक यात्रा गरेको अनुसन्धान को क्रममा खुलेको छ ।

काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्सबाट त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलको अति सम्वेदनशिल सुरक्षा चेक पोष्ट छिचोल्दै नेपालगञ्ज एयरपोर्ट भएर तस्करी गर्ने गरिएको सुन काण्डको काठमाडौँ भ्यालीमा रहेको उपत्यका प्रहरी कार्यालयले एयरपोर्टका एसपी नान्ती राज गुरुङ समेतलाई राखेर एसएसपी को नेतृत्वमा एक उच्च स्तरीय समिति गठन गरेर छानवीन तथा अनुसन्धान जारी राखेको छ ।

उक्त छानवीन टोलीले काठमाडौंबाट छानवीन गर्दै यसै साता नेपालगञ्ज पनि आइपुग्ने छ ।

नेपालगञ्जमा सुन तस्करीको आरोप लागेका ३ वटै पसल बन्द गर्ने र खुल्ने क्रम जारी रहेका छन भने उक्त केस मिलाउन स्थानिय देखी राष्ट्रिय दलाल नेताहरु लागि रहेको पाइएको छ ।