बाँकेको गाभरमा बाघले मानिस खायो

 

२८ भदौ, नेपालगञ्ज/ पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा आइतबार राती पाटे बाघले मान्छे खाएको शव भेटिएको छ ।
पहिल्य बाघ को बासस्थान रहेको ले सो क्षेत्र बाघखोरले समेत परिचित गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले आइतवार राती खाएको हो ।

मृतक आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले खोजवीन गर्नेक्रममा सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिनुभएको छ ।

केही समयदेखी होटलमा मजदुरी गर्दै आएका मृतकको परिचय भने खुल्न सकेको छैन ।

‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भन्नुभयो । मृतकको शव पुर्व-पश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको छ ।
लामाका अनुसार बाघले मृतकको आधा शरिर खाइसकेको छ । आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको लामाले जानकारी दिनु भएको छ ।

लामाका अनुसार “पाटेबाघको १ जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्,२/२ दिनदेखी प्रायः गाउँलेले बाघलाई देखिसकेका छौं, उहाँले भन्नुभयो ‘बाघले हाम्रो गाउँमा आतंक मच्चाईरहेको छ, हामी धेरै नै त्रसित भएका छौं ।’ घटनास्थलमा सोमबार बिहान राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री लगायत जनप्रतिनिधी, प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुग्नुभएको छ ।

सम्बन्धित शीर्षक