स्रोत नखुलेको ३३ लाख ९२ हजार ८ सय नगद सहित भुसाल र अग्रवाल पक्राउ

१८ असोज, नेपालगञ्ज/ 
लुम्बीनी प्रदेशको कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वडा नम्बर- २ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँ सहित बुद्दभूमि नगरपालिका वडानम्बर- ९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट १ हजार ,५ सय, १ सय दरका गरी २२ लाख ९१ हजार ८ सय रुपैयाँ नगद फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ। भुसाललाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्दहेहीमा पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

त्यसैगरि ईलाम जिल्लको सूर्योदय नगरपालिका वडानम्बर ६ हर्कटे चोकबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाल र सोही नगरपालिका वडानम्बर ८ बस्ने ५१ वर्षीय कर्ण कठायत रहेका छन् ।

फिक्कलबाट झापातर्फ जाँदै गरेको मे १ च ६४२४ नम्बरको कारलाई प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा सवार डाईभर कठायत र मालिक अनुपको साथबाट उक्त नगद फेला पारी कार चालक कर्ण र कारमा सवार अनुपलाई पक्राउ गरेको हो ।

दुबैजनालाई आवश्यक कानुनस् कारवाहीको लागि राजस्ब अनुसन्धान कार्यालय इटहरी पठाइएको छ । । नेपालमा ब्यबसायिक प्रयोजनाका लागि ९ लाख ९९ हजार सम्म मात्र नगद कारोबार गनृ पाईने र अन्य पैसा नगद भएको त्यसको बैधानिक स्रोत खुलाउने पर्ने अन्यथा कालो धन र सम्पती सुद्धिकरण अन्तरगत कार्बाही हुने ब्यवस्था रहेको छ ।