बाढी र पहिरोमा परी नेपालमा १२१ को मृत्यु, २८ जना बेपत्ता ४४ घाइते, १७९ घरमा क्षति: गृह मन्त्रालय

 

१४ कात्तिक, काठमाडौं / बर्षा पछि कात्तिक महिनामा आएको बाढी पहिरोमा परी आज आईतबार सम्म १२१ को मृत्यु र २८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

आईतबार विहानै गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर ४४ घाइते रहेका र १७९ घरमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

मनसुन बाहिरिएको एक हप्तापछि नेपालमा भारी वर्षा भएको थियो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।