निर्मला कुर्मि मुद्दामा प्रमाणको रुपमा पेश गरिएको अडियो-भिडियो

१८ मंसिर, नेपालगञ्ज/ नेपालगञ्ज परसपुर की ५२ वर्षिय निर्मला कुर्मिको करोडौंको जग्गा हतियाउन निर्मलाको शरीर बन्धक-अपहरण तथा कर्तब्य ज्यान मुद्दा हाल प्रहरी अनुसन्धानको क्रममा छ ।

प्रहरीले दसि प्रमाणको रुपमा मिसिलमा पेश भएका पेट पोली लिखित बयान, तस्वीर, अडियो- भिडियो हरु पनि पेश भएका छन।

उक्त घटनाको मुख्य अभियुक्त मध्य एक जना संविधान सभा सदस्य बादशाह कुर्मिले निर्मला बेपत्ता हुनु अघि निर्मलालाई यातना दिएको बयानको भिडियो किलिप्सको केही अंशको शब्द उतार तल दिइएको छ ।

निर्मलाको शरीर बन्धक-अपहरण तथा कर्तब्य ज्यान मुद्दा बाँके जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सरकारवादी मुद्दामा दर्ता भई अभियुक्तहरु नाटकिय शैलीमा पक्राउ परी बयान दिएर हाल हाजीरी-जमानीमा थुनामुक्त भएका छन।

 

भरपर्दो स्रोतका अनुसार यस मुद्दामा सर्वोच्च अदालतको महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत कानुनका ज्ञाता मानिएका एक ब्यक्तिवाट बढी चासो र चिन्ता ब्यक्त गरीदै आएको छ भने एकजना थापा थरका पूर्व प्रहरी अधिकृत पनि सक्रिय रुपमा सेटिङ्ग मिलाउन लागी रहेको स्रोतले बताएको छ ।

निर्मलालाई शरीर बन्धक-अपहरण तथा कर्तब्य ज्यान मुद्दाका मुख्य आरोपित मध्यका ततकालिन संविधान सभा सदस्य बादशाह कुर्मिले आफनो घरमा लगेर यातना दिएको निर्मलाको बयानको video clips साथमा निर्मलाको हत्या गर्न ७ जना रहेको आँखो देखी पेटबोली बयानको अडियो  तल पाठकका सामु पस्किएका छौ ।

निर्मलाको हत्या घटना पछी आँखो देखी ब्यक्ति सँगको बयान
निर्मलाको वेपत्ता अधिको भिडियो बयान …

बाँकी अंशहरु क्रमश….