बुटवल तामनगरमा ट्रकमा कार ठोक्किंदा ३ को मृत्यु २ जना घाइते

Photo : तामनगरमा ट्रकमा कार ठोक्किंदा

२४ माघ, बुटवल/  बाक्लो हुस्सुको कारण रुपन्देहीको बुटवल नजिकै तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार ३ जनाको मृत्यु भएको छ भने कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।

बुटवल उपमहानगरपालिका वडा नं। १२ तामनगर नजिक पूर्व(पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १ जनाको घटनास्थलमै र २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।