सवारी दुर्घटनामा १ जनाको मृत्यु ३ जना घाईते

१६ फागुन, नेपालगञ्ज/ दाङको तुल्सिपुर उप-महानगरपालिका वडा नं. १८ दुधरासमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ३ ख ८६४३ नं. को हाईस र बिपरीत दिशाबाट आँउदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोकिई दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

आईतवार राती २१:१० बजे भएको दुर्घटनामा परेको मोटरसाइकलको पेट्रोल ट्याङ्की अचानक पट्किदा मोटरसाइकलमा आगालागी भई पूर्णरुपमा क्षेती भएको छ भने हाइसमा समेत आगालगी भएको छ ।

मोटरसाईकलमा सवार जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुर बस्ने बर्ष २१ को रेशम चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ भने मोटरसाइकल चालक जिल्ला दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष २३ को रमेश वली, हाईस चालक जि.दाङ तुलसीपुर उ.म.न.पा.-७ पर्सेनि बस्ने बर्ष २६ को करण परियार र हाईसमा सवार सोही घर भएका बर्ष २४ को कमल परियार घाइते भएको दाङ प्रहरीले जनाएको छ ।