एमालेबाट नेपालगञ्जको मेयरमा पशुपती दयाल मिश्रा र उप–मेयरमा शान्ती ढकाल

२८ चैत्र, नेपालगञ्ज/  आगामी बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनका लागी नेपालगञ्ज उप–महानगरपालिकामा नेकपा एमालेको नगर कमिटि बैठक मार्फत मेयर पदमा पशुपती दयाल मिश्रा र उप–मेयर पदमा शान्ती ढकालको नाम बैठकको हलबाट सर्वसम्मत निर्णय गरेको छ ।

नेकपा एमालेको नेपालगञ्ज उप–महानगरपालिका कमिटीको सोमबार सिएसटी होटेलमा बसेको ५औं पूर्ण बैठकबाट नेपालगञ्ज उप–महानगरपालिको मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रा र उप–मेयरमा अर्का केन्द्रिय सदस्य तथा बांके सह–इन्चार्ज शान्ति ढकाललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

नेपालगञ्ज नगर कमिटीको सोमबार नगर अध्यक्ष दत्त प्रशाद आर्चायको अध्यक्षतामा बसेको बैठकले मिश्रा र ढकाललाई मेयर–उपमेयरमा सर्वसम्मत सिफारिस गरेको छ ।

नगर कमिटीको बैठकमा मेयर पदमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नगर अध्यक्ष दत्त प्रशाद आर्चाय, प्रदेश कमिटी सदस्य रविन्द्र लम्साल र केन्द्रिय सदस्य पशुपती दयाल मिश्रले मेयर पदमा बैठकमा आ–आफनो दावी गर्नुभएको थियो।

त्यसैगरी उप–मेयरमा जिल्ला कमिटी सदस्यहरु महिला नेत्री कृष्णा पाठक, मिना ढकाल, रचना श्रेष्ठ र केन्द्रीय सदस्य शान्ती ढकालले दाबी पेश गर्नुभएको थियो ।

मेयर र उप-मेयरमा दाबी गर्नेहरुले आफनो उम्मेदवारी किन र के लागी ? आफुले कसरी निर्बाचनमा जितीन्छ भन्ने दाबी पक्षको बहस पैरबी बैठकमा गर्नुभएको थियो । दाबी गर्ने पक्षहरु बीच समूहगत छलफल र पक्ष –बिपक्षको समर्थन बिरोध पछी अन्तीम सम्म पनि मेयरमा दत्त प्रशाद आर्चाय र उप–मेयरमा मिना ढकालले दाबी नछाढेपछी बैठक हलमा उपस्थित अन्य सदस्यहरुको समर्थनमा मेयरमा पशुपती दयाल मिश्रा र उप-मेयरमा शान्ती ढकालको नाम सर्बसम्मत तरिकाले पारित गरिएको नेकपा एमाले बांकेका इन्चार्ज तथा केन्द्रिय सदस्य सूर्य ढकालले जानकारी दिनुभएको छ ।

स्थानिय निर्बाचनका लागी बांके जिल्लाका ८१ वटै वडामा नेकपा एमालेले सर्वसम्मत उम्मेदवार छान्ने क्रम जारी राखेको र यही हप्ता भित्र सम्पूर्ण उम्मेदवारहरुको टुंगो लागी सक्ने नेकपा एमाले बांकेका अध्यक्ष किस्मत कुमार कक्षपतीले बताउनुभएको छ ।

हाल सम्म नेपालगञ्ज नगर लगायत अधिकांस वडामा उम्मेदवार छनौट गरिएको र केहीमा १ भन्दा बढी सिफारिस गरिएको ठाउंमा मंगलबार देखी बस्ने जिल्ला कमिटीको बैठक हुदै आवश्यक्ता अनुसार प्रदेश कमिटी मार्फत टुंग्याउने अन्तीम तयारीमा रहेको अध्यक्ष कक्षपतीले जानकारी दिनुभएको छ ।

नेकपा एमालले स्थानिय निकायको निर्बाचनको लागी देशैभरी सर्बसम्मत उम्मेदवार छानेको समाचार आईरहदा सत्ता पक्षीय गठबन्धन भने उम्मेदवार छनौटको सकसमै रुमलीएको छ । आपसी खिचातानी र असमझदारीका कारण ५ दलिय सत्तापक्षहरुको गठबन्धन र उम्मेदवार छनौटमै समस्या उत्पन्न भएको  छ ।