एउटाले घुस खाने अर्कोले समात्ने: APF ले ५९.४ लाखको समान भन्सार बुझायो

पक्राउ गरिएको समान र शसस्त्र टोली ।

२४ साउन,नेपालगञ्ज / बाँके र बर्दिया जिल्लासँग सटेका अन्तराष्ट्रिय सिमा क्षेत्रबाट भन्सार छली चोरी- निकासी गरी नेपालगञ्जबाट ठुलो परिमाणमा अवैध सामान पहाडी जिल्ला तर्फ लागिरहेको अवस्थामा मंगलबार सशस्त्र प्रहरीले करिब ६० लाख मूल्य बराबरको अवैध सामान बरामद गरि नेपालगञ्ज भन्सारलाई बुझाएको छ ।

यो घटनाले बाँके बर्दियामा संस्थागत तस्करी कति मौलाएको छ भन्ने इस्पष्ट सार्वजनिक भएको छ ।

यो घटता त एउटा नमूना मात्र हो तस्करीका सामान कोहलपुर हुदै देशका अन्य ठुला शहरहरूमा पुर्‍याउने काम निरन्तर जारी नै छ जस्ले गर्दा नेपालगञ्ज लगायत अन्य भन्सारले गत आर्थिक बर्षमा लक्षित राजश्व पनि उठाउन सकेका थिएन।

विशेष सूचनाको आधारमा भे १ ख ३५८८ नं. को ट्रकलाई शंका लागेर चेक-जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट सुर्खेत तर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई खानतलासी गर्दा चीनी १ सय बोरा, चामल ३ सय बोरा, सुपर पावर सुर्ती २९ बोरा र लेडिज सुट १ सय थान फेला परेको सशस्त्र प्रहरीको भनाई छ ।

ट्रकसँगै चालक दैलेखको गुराँसे गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय गौरव गिरी र सह-चालक दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय अर्जुन रावतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि समान सहित नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।

समान सहित पक्राउ गरिएको ट्रक ।

नेपालगञ्ज भन्सार कार्यालयमा पनि तलबमान स्केल बढाउन सरकारलाई दवाब आन्दोलन चलिरहेकाले नायब सुब्बा देखी तलका सबै कर्मचारी आन्दोलनमा रहेकाले सशस्त्रले प्रकाउ गरेको समान आन्दोलको समय सकिएपछी मंगलबार अबेर मात्र नेपालगञ्ज भन्सार कार्यालय ले आवश्यक पक्रिया पुर्‍याएर बुझ बुझारथ गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख अर्जुन कुमार न्यौपाने अस्वस्थ रहेको र केही कर्मचारी आन्दोलनमा रहेकाले भन्सारको नियमित काममा केही समस्या उत्पन्न भएको बताइएको छ ।

मंगलबार अपरान्ह नेपालगञ्ज भन्सारलाई बुझाइएको उक्त समान सशस्त्र प्रंहरी बल ३० नम्बर बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतको नेतृत्वमा खटिएको ७ जनाको टोलीले मंगलबार कोहलपुर- सुर्खेत रोड अन्तरगत बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामान बरामद गरेको हो ।