हुम्लामा ताराको जहाज चरासँग ठोक्किएर क्षती

चरा ठोक्किएको जहाज

नेपालगञ्ज२१ मंसिर/ नेपालगञ्जबाट हुम्लाको सिमीकोट विमानस्थलका लागी बुधवार अपरान्ह १२:४५ बजे उडान भरेको तारा एयरको कार्गो जहाज विमानस्थल पुग्नु ४/५ मिनेट अगाडि आकाशमा चिलसँग ठोक्किएको छ।

जहाजको क्याप्टेन अमित गुरुङ्गको नेतृत्वमा नेपालगञ्ज बाट हुम्ला पुगेको ३ सदस्य चालक दलका १ जना  पाइलट १ जना को-पाइलट र १ जना एयर होस्टेस रहनु भएको छ ।

उहाँहरु सुरक्षित रहेको तारा एयर स्रोतले जनाएको छ । नेपालगञ्जबाट टुइनेटर जहाजमा सिमकोटसम्म पुग्न करिब ४० मिनेट लाग्ने गरेको छ । बुधबार उक्त जहाजले नेपालगञ्ज बाट चामल लोड गरेर  हुम्ला पुगेेेेको थियो ।